सर्वदलीय बैठकमा एमाले सहभागी हुँदैन : प्रमुख सचेतक भट्टराई « Khabarhub

सर्वदलीय बैठकमा एमाले सहभागी हुँदैन : प्रमुख सचेतक भट्टराई


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।

संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । उक्त बैठकमा नजाने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएको र एमाले फुटाएका दलका प्रतिनिधिसमेतलाई डाकेको बैठकमा आफूहरु नजाने उनले बताए ।

तर, एमाले अध्यक्ष केपी ओली निकट नेता, राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले भने बुधबार एक अन्तरवार्तामा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाके जाने बताएका थिए ।

देउवाको सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।

यसअघि संसद् अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक पनि एमालेले वहिष्कार गरेको थियो ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने रणनीति बनाएका हुन् । यसका लागि उनले दुई पटक कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पठाएर पनि सम्बन्ध सुधारको प्रयत्न गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ९ : ०५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।