बालुवाटारमा सर्वदलीय बैठक, एमाले अनुपस्थित « Khabarhub

बालुवाटारमा सर्वदलीय बैठक, एमाले अनुपस्थित


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक जारी छ ।

संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले सर्वदलीय बैठक आह्वान गरे पनि नेकपा एमाले भने सहभागी नभएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, जनमोर्चाका दुर्गा पौडेल र नेमकिपका नेता प्रेम सुवाललगायत सहभागी छन् ।

बैठकमा संसदमा भएका सबै दललाई डाकिएको थियो । तर आफूहरुले दल नमानेको नेकपा एकीकृत समाजवादी पनि बैठकमा सहभागी भएपछि एमालले बैठक वहिष्कार गरेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

यसअघि संसद् अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक पनि एमालले वहिष्कार गरेको थियो ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने कोसिस गरेका हुन् । तर एमाले बैठकमा सहभागी नभएपछि उनको प्रयास विफल भएको छ ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ११ : ०१ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।