अभिनेत्री श्वेता तिवारी अस्पताल भर्ना « Khabarhub

अभिनेत्री श्वेता तिवारी अस्पताल भर्ना


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– अभिनेत्री श्वेता तिवारी शारीरिक शिथिलता र कम रक्तचापका कारण मुम्बईको अस्पतालमा भर्ना भएकी छन् । उनी अस्पतालमा भर्ना भएको खबर सुन्नासाथ उनका पूर्वपति अभिनव कोहलीले सामाजिक सञ्जालका उनको स्वास्थ्य लाभको कामना गरेका छन् । अभिनवले पोस्टमा श्वेताको कम तौल र परिवर्तनप्रति टिप्पणी गरेका छन् ।

‘मेरो र मेरो छोराको एकापसमा मिल्ने र सँगै बस्ने हकको लडाई आफ्नो ठाउँमा छ र त्यो अदालतमा चलिरहेको छ । तर भगवानले श्वेतालाई चाँडै तन्दुरुस्त बनाउन् । कलाकारहरु तपाईंहरुमाझ सुन्दर देखिनको चक्करमा र सबैको माया पाउन आवश्यकता भन्दा बढी शरीर बनाउछन् । कमभन्दा कम खाना खान्छन् र एकदिन उनीहरुको हृदय गल्छ’, अभिनवले लेखेका छन् । श्वेता र अभिनवको छोरा रेयान्सलाई कसको संरक्षकत्वमा राख्ने भन्ने विषयमा दुईबीच अदालतमा मुद्धा चलिरहेको छ ।

श्वेता हालैमात्र टेलिभिजन रियालिटी शो ‘खतरों के खिलाडी ११’मा देखिएकी थिइन् । गत साता उनी शोको फिनालेमा पनि उपस्थित थिइन् । उनले उपाधि नजिते पनि आफूलाई उत्कृष्ट ६ मा पुर्याएकी थिइन् ।

उनको स्वास्थ्य अवस्थालाई लिएर उनको टिमले एक आधिकारिक विज्ञप्ती जारी गरेको छ । ‘हामीलाई श्वेता तिवारीको स्वास्थ्य अवस्थालाई लिएर धेरै फोन र सन्देश आइरहेको छ । श्वेतालाई शारीरिक शिथिलता र कम रक्तचापका कारण अस्पतालमा भर्ना गरिएको यहाँहरुलाई सूचित गरिन्छ । लगातार यात्रा गर्नु, मौसमको बदलाव र पूर्ण रुपमा आराम गर्न नपाएका कारण श्वेताको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्यमा सुधार आइरहेको छ । आशा छ उनी चाँडै डिस्चार्ज हुनेछिन्’, विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ११ : ५९ बजे

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट