ब्रिटनीको पक्षमा अदालतको फैसला | Khabarhub Khabarhub

ब्रिटनीको पक्षमा अदालतको फैसला


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– हलिउड पप गायिका ब्रिटनी स्पीयर्स विगत लामो समयदेखि पिता जेमी स्पीयर्सको संरक्षकत्वको मामलालाई लिएर चर्चामा छिन् । अब भने लसएञ्जल्सको अदालतले जेमीलाई आफ्नो छोरीको अभिभावक पदबाट हटाएको छ । जसकारण बाबुछोरीबीचको कानूनी लडाईं समाप्त भएको छ ।

‘जेमी स्पीयर्सलाई तत्काल कन्जरभेटरको रुपबाट हटाइएको छ र गायिकाको सर्वोत्तम हितमा एक अस्थायी संरक्षकका रुपमा परिवर्तन गरिएको छ’ न्यायधिश ब्रेण्डा पेनीले भनेका छन् । यो वर्षको अन्त्यसम्ममा कन्जरभेटरशिप पूर्ण रुपमा समाप्त हुने अनुमान गरिएको छ ।

ब्रिटनी आफ्नो पिताबाट स्वतन्त्र भइसकेकी छन् र अदालतको मामलामा पनि उनले केही हप्तापछि स्वतन्त्रता पाउदैछिन् । ब्रिटनीले आफ्नो पितालाई हटाउनका लागि गरेको अनुरोधको महिनौ पछि यो फैसला आएको हो । ‘वर्तमान अवस्था अस्थिर छ । यो एक नकारात्मक र दुःखद वातावरणलाई दर्शाउछ । जसमा जेमी स्पीयर्स निलम्बित हुन आवश्यक छ’, न्यायधिशले भनेका छन् ।

जेमीले सन् २००८ देखि कन्जरभेटरसिप शुरु गरेका थिए र त्यही समयदेखि गायिकाको जीवनको संरक्षक रहे । जसकारण उनले गायिकाबारे सबै निर्णय आफैंले गर्न थाले । त्यसपछि ब्रिटनीले यसका लागि कानूनी लडाईं लडिन् । किनकी उनी आफूमाथि पिताको संरक्षणको अन्त्य होस् भन्ने चाहन्थिइन् ।

सुनुवाईको समयमा ब्रिटनी उपस्थित थिइनन् । उनको पिता सुनुवाईको हिस्सा थिए । उनी पुरा समय शान्त थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १२ : ३९ बजे

‘परान’ पनि आँसुको व्यापारतिरै : पछ्याइ पछ्याइ दर्शक रोएको भिडियो खिचेर फेसबुकमा ‘बुस्ट’

काठमाडौं – हल भिजिटका नाममा युट्युब मिडियाहरूले दर्शकको गोपनीयता भंग

प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न अमेरिका र चीन सहमत

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र

जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका युवाले लुटेका थिए प्रहरीको हतियार

काठमाडौं- उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले गत भदौ २३ र

खुला सिमाना हुँदा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती गर्न समस्या

काँक्रेविहार– गत मंगलबारदेखि परेको हिमपातका कारण डोल्पामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय

बालेनलाई जेन-जी युवा माजिदको सुझाव : फेसबुकले देश चल्दैन, संयमित हुनुहोस्

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार राति फेसबुकमा नेपाली