ईपीएलमा चितवनको दोस्रो जित, ललितपुर र भैरहवाले अंक बाँडे | Khabarhub Khabarhub

ईपीएलमा चितवनको दोस्रो जित, ललितपुर र भैरहवाले अंक बाँडे


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन टाइगर्सले काठमाडौँ किङ्स–११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले दिएको १४२ रनको लक्ष्य चितवनले १८ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो ।

चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए । कमलसिंह ऐरी २३ रनमा अविजित रहे । यस्तै दिलीप नाथले २३, करिम जनतले २१, मोहमद साहजदले २१, भीम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए । कप्तान सोमपाल कामी भने शून्य रनमा आउट भए ।

काठमाडौँका जीतेन्द्र मुखिया र रायन बर्लले २/२ विकेट लिए भने जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो । काठमाडौँका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाउदा राजु रिजालले २८ रन जोडे ।

त्यसैगरी जनक प्रकाशले २६, रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल शून्य रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे । चितवनका सागर ढकालले ४ विकेट लिए भने करिम जनतले दुई विकेट लिए । कमल ऐरी र सेकुगे प्रसन्नले एक एक विकेट लिए । चितवनले २ खेलमा ४ अङ्क जोडेको छ ।

काठमाडौँको २ खेलमा २ अङ्क छ । काठमाडौँले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।

यसैबीच आजै भएको दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्सले बराबरीमा खेलेका छन् । टियु क्रिकेट मैदानमा बिहीबार ललितपुर र भैरहवाबीचको रोमान्चक खेल ‘टाइ’ भएको हो ।

ललितपुरले दिएको १ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । स्कोर बराबर भएपनि खराब प्रकाशको कारण सुपर ओभर भएन र दुबै टोलीलाई एक-एक अंक बाँडेका छन् ।

रोमान्चक खेलमा भैरहवालाई अन्तिम ओभरमा जितका लागि १८ रन आवश्यक थियो । ललितपुरका राशिद खान बलिङमा थिए । तर, उनले अन्तिम ओभरमा १ विकेट लिदै १७ रन खर्चिएपछि ललितपुर जित निकाल्न बन्चित भएको हो ।

अन्तिम एक बलमा ७ रन चाहिएको बेला भैरहवाका कप्तान शरद भेषवाकरले छक्का प्रहार गर्दै स्कोर बराबरी गरेका थिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ८ : ३० बजे

विर्तामोडमा एमालेको जनसभा

सुरुङ्गा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी झापाद्वारा बिर्तामोडमा आज

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

एनपीएलको तयारी पूरा, विजेता टोलीले पाउँनेछ एक करोड १० लाख

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को सम्पूर्ण तयारी पूरा

तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला 

काठमाडौं– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ

एजेन्सी– थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शंका लागेका दुईजनालाई