टी-२० विश्वकप : पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान स्तब्ध « Khabarhub

टी-२० विश्वकप : पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान स्तब्ध


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार भएको सुपर- १२ को समूह-२ को खेलमा पाकिस्तानले अफगानिस्तानलाई पाँच विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो ।

जितका लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनर तथा कप्तान बाबर आजमले सर्वाधिक ५१ रनको योगदान दिए । आसिफ अली २५ रनमा अविजित रहे ।

अफगानिस्तानका राशिद खानले ४ ओभरमा २ विकेट लिए । मुजिब उर रहमान र मोहम्मद नाबी र नविन उल हकले समान १–१ विकेट लिए ।

यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन बनायो । अफगानिस्तानका कप्तान मोहम्मद नाबी ३५ रनमा अविजित रहे । गुलबदीन नईब ३५ रनमा अविजित रहे ।

पाकिस्तानका स्पिनर ईमाद वासिमले २ विकेट लिए । शाहिन शाह अफ्रिदी, हसन अली, शादब खान, हरिस रौफले १-१ विकेट लिए ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो । तेस्रो जितबाट ६ अंक बनाउदै समूह-२ मा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । तेस्रो जितसँगै पाकिस्तानको सेमिफाइनल यात्रा सहज बनेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : १४ बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’