फ्रेन्च लिग वानमा पीएसजीको पुनरागमन जित « Khabarhub

फ्रेन्च लिग वानमा पीएसजीको पुनरागमन जित


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा पुनरागमन जित निकालेको छ ।

शुक्रबारको खेलमा पीएजजीले साविकको विजेता लिलमाथि १-० ले पछि परेको स्थिति उल्टाउदै २-१ को पूनरागमन जित निकालेको हो ।

पीएसजीको जितमा अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारियाले एक गोलसँगै एक असिस्ट उपलब्ध गराए । मार्किन्हसले एक गोल गरे ।

पहिलो हाफमा पछि परेको पीएसजीले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भएको हो ।

खेलको ३१ मिनेटमा लिलका जोनाथन डेभिडले गोल गर्दै भ्रमणमा रहेकाे लिललाई अग्रता दिलाए । दोस्रो हाफमा डि मारियाको पासमा ७४ मिनेटमा मार्किन्हसले बराबरी गोल गरे ।

खेल सकिन २ मिनेट अघि नेयमारको पासमा डि मारियाले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

खेलमा स्टार खेलाडी लिओनल मेस्सी, नेयमार गोल बिहिन रहे ।

जितपछि शीर्ष स्थानमा रहेको पीएसजीको १२ खेलबाट ३१ अंक पुगेको छ । पराजित लिल १५ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ९ : ३५ बजे

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक २०५.२ मिलिमिटर वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको अर्चलेमा वर्षा