प्रदेश नं १ मा पनि एकीकृत समाजवादीकै नेतृत्वमा सरकार बन्छ : माधव नेपाल « Khabarhub

प्रदेश नं १ मा पनि एकीकृत समाजवादीकै नेतृत्वमा सरकार बन्छ : माधव नेपाल


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं १ मा पनि छिटै सरकार परिवर्तन हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने बताएका हुन्।

प्रदेश नं १ मा पनि आफ्नै पार्टीका प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए ।

यसअघि वाग्मति प्रदेशमा उनकै पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका छन् । ‘हाम्रो पार्टीमा अहिले मेचीदेखि महाकालीसम्म जनलहर देखिएको छ।’ उनले भनेका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १० : ४७ बजे

रसुवा बाढी : ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा