अफगानिस्तानका स्पिनर राशिदले बनाए विश्व कीर्तिमान « Khabarhub

अफगानिस्तानका स्पिनर राशिदले बनाए विश्व कीर्तिमान


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानका स्पिनर राशिद खानले शुक्रबार पाकिस्तानविरुद्धको खेलमा कीर्तिमान बनाएका छन्। उनी टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो एक सय विकेट लिने बलर बनेका हुन्।

अफगानिस्तानका स्पिनर खानले श्रीलंकाका पूर्व लिजेन्ड लसिथ मालिंगाको कीर्तिमान तोडेका हुन्। राशिदले शुक्रबार पाकिस्तानविरुद्ध पहिलो विकेट लिएसँगै यो विश्व कीर्तिमान बनाएका हुन्। योसँगै एकदिवसीय र टी-२० दुवैमा सबैभन्दा छिटो विकेटको शतक बनाउने कीर्तिमान उनले आफ्नो नाममा लेखाएका छन्।

पाकिस्तान र अफगानिस्तानबीचको आईसीसी टी-२० विश्वकपको २४औँ खेल महत्वपूर्ण मानिएको थियो। बलिङमा अद्भूत रहेको अफगान टोलीका कप्तान मोहम्मद नाबीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। खराब सुरुवातपछि पनि टिमले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो।

लक्ष्य पछ्याउँदै पाकिस्तानका लागि दुई महत्वपूर्ण विकेट लिएर राशिदले आफ्नो विकेटको संख्या एक सय नाघेका थिए। पाकिस्तानविरुद्धको खेलमा प्रवेश गर्नुअघि ९९ टी-२० अन्तर्राष्ट्रिय विकेट लिने रासिशद सबैभन्दा छिटो यो स्थान हासिल गर्ने खेलाडी बनेका हुन्।

एक सय विकेटको रूपमा हाफिज आउट

राशिदले पाकिस्तानको इनिङ्सको १५औं ओभरको पहिलो बलमा आफ्नो एक सय औं टी-२० विकेट लिएका थिए। उनले १४ दशमलव १ बलमा १० रन बनाएर मोहम्मद हफिजलाई गुलबदिन नाइबको हातमा क्याच आउट गरे।

यसपछि उनले अर्धशतक बनाएर ब्याटिङ गरिरहेका कप्तान बाबर आजमलाई क्लिन-बोल्ड गरे। उनी ४७ बलमा ५१ रन बनाएर फर्किए।

सबैभन्दा छिटो एक सय टी-२० अन्तर्राष्ट्रिय विकेट

मालिंगाले ७६ खेल खेलेर टी-२० अन्तर्राष्ट्रियमा एक सय विकेट पूरा गरे भने राशिदले ५३ खेल खेलेर यो उपलब्धि हासिल गरेका छन्। बंगलादेशका शकिब अल हसनले ८४ खेलमा यो स्थान हासिल गरेका थिए।

न्युजिल्यान्डका टिम साउथीले पनि सोही खेलमा एक सय टी-२० अन्तर्राष्ट्रिय विकेट पूरा गरेका थिए। राशिदले यस फर्म्याटमा ४४ ओडीआई खेलेर आफ्नो एक सय विकेट पूरा गरेका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १२ : ४५ बजे

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही