दक्षिण अफ्रिकाको रोमाञ्चक जित « Khabarhub

दक्षिण अफ्रिकाको रोमाञ्चक जित


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण अफ्रिकाले आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकामाथि चार विकेटको जित हात पारेको छ । जितसँगै दक्षिण अफ्रिकाले अंक तालिकामा ४ अंक जोड्दै सेमिफाइनलका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

जितका लागि १४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै १४६ रन बनायो ।

दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले सर्वाधिक ४६ रनको योगदान दिए । डेविड मिलर २३ रनमा अविजित रहे ।

श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले चार ओभरमा ह्याट्रिकसहित २० रन खर्चेर तीन विकेट लिए । दुश्मन्था चामिराले दुई विकेट लिए ।

यसअघि शारजाहमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा १४२ रनमा अल आउट भएको थियो ।

श्रीलंकाका पाथुम निसांकाले सर्वाधिक ७२ रनको योगदान दिए ।

दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी, ड्वेन प्रिटियोरेसले समान तीन–तीन विकेट लिए ।

यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा अष्ट्रेलियासँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा वेस्टइन्डिजलाई आठ विकेटले हराएको थियो ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ८ : ४८ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले