जीप दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु, तीन जना घाइते | Khabarhub Khabarhub

जीप दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु, तीन जना घाइते


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित चार जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका-१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गौमाया विक, जीप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको ज्यान भएको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले पुष्टि गरे । गौमाया रघुगंगा गाउँपालिका-१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् ।

दुर्घटनामा बलबहादुर विक, मनोज पुन, भीम फगामी र ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहररूलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : २२ बजे

दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज हुँदै

काठमाडौं– दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज (शनिबार) ललितपुरको  होटल

‘महाकमाण्डर’ देखिए दीपकराज, ‘माग्ने बूढा’लाई सफलता, विजयलाई झट्का

हेडलाइन…– ‘माग्ने राजा’को व्यापारिक सफलताले जोगायो माग्ने बूढाको इज्जत– माइतीघरको

सामाजिक सञ्जालबारे सञ्चारमन्त्री गुरुङले झुट बोलेको आरोप

लमजुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रमुख सचेतक

काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज

एमाले विधान महाधिवेशन : आज समूहगत छलफल

काठमाडौं– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी