२०२३ मा विवाह गर्दै रणवीर र आलिया « Khabarhub

२०२३ मा विवाह गर्दै रणवीर र आलिया


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट बलिउडका रुचाइएका जोडीमा पर्दछन् । उनीहरु लामो समयदेखि एकापसमा डेटमा छन् । उनीहरु यसै वर्षको अप्रिलमा विवाह गर्न लागेको खबर केही समय अघि बाहिर आएको थियो । तर त्यो महिनामा उनीहरुको विवाह भएन ।

समाचारअनुसार उनीहरुको विवाहको योजनामा ठूलो परिवर्तन देखिएको छ । उनीहरुले सन् २०२२ मा पनि विवाह गर्नेछैनन् । उनीहरुको हातमा फिल्मको चाप रहेकाले दुवैले तत्काल विवाहका लागि समय दिन नसक्ने आफूनिकटलाई बताइसकेका छन् ।

उनीहरुले भारत बाहिर विवाहको योजना बनाएका छन् । त्यसको तयारीका लागि पनि उनीहरुलाई समय लाग्नेछ । उनीहरु विवाह अघि र विवाह पछि लामो ब्रेक लिने सोचमा भएकाले अहिले आफ्ना सबै काम सकाउने सुरमा छन् ।

‘वर्तमान अवस्थामा उनीहरुको विवाह योजना सर्नुको पछाडि फिल्म ‘ब्रह्मास्त्र’ हो । फिल्मको टिम र रणवीर तथा आलिया विवाह अघि नै फिल्म रिलिज होस् भन्ने चाहेका छन् । यद्यपि यो फिल्म २०२२ को सेप्टेम्बरमा रिलिज हुने तयारीमा छ । त्यसकारण फ्यानहरुले सन् २०२२ को अन्त्य अथवा सन् २०२३ सम्म पर्खनुपर्ने हुन्छ’, उनीहरु निकट स्रोतले भनेको छ ।

कामको कुरा गर्दा आलिया हालका दिनमा करण जोहारका फिल्म ‘रोकी और रानीकी प्रेम कहानी’मा व्यस्त छिन् । फिल्ममा आलियासँगै रणवीर सिंह, धर्मेन्द्र, शबाना आजमी र जया बच्चन प्रमुख भूमिकामा हुनेछन् ।

यता रणवीर लव रञ्जनको निर्देशनमा बनिरहेको एक फिल्ममा जोडिएका छन् । फिल्ममा रणवीर पहिलोपटक श्रद्धा कपूरका साथ देखिँदैछन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  २ : १० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी