यही वर्षभित्र रेल सञ्चालन हुन्छ : मन्त्री यादव « Khabarhub

यही वर्षभित्र रेल सञ्चालन हुन्छ : मन्त्री यादव


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले यसै बर्षभित्र रेल सञ्चालनमा आउने दावी गरेकी छन् ।

मंगलबार जनकपुरधामस्थित रेल्वे स्टेशन पगेकी मन्त्री यादवले जयनगर–जनकपुर रेल्वेको ट्रयाक निरिक्षण गर्दै छिटो भन्दा छिटो रेल सञ्चालन गर्ने तयारी भइरहेको बताइन् । उनले ठ्याक्कै यही मितिमा रेल चल्ने भन्न नसकिए पनि यस बर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी आवश्यक प्रकृया अगाडि बढिसकेको बताइन् ।

रेल्वे सञ्चालनका लागि विधेयक निर्माण भइसकेको र चाँडै नै सदनमा पेश गरिने मन्त्री यादवको दावी छ । उनले केही कागजी प्रक्रियाहरु मात्र बाँकी रहेको उनको भनाइ छ ।

त्यस्तै, रेल्वेका महाप्रवन्धक निरञ्जन झाले रेल सञ्चालन सम्बन्धी कार्यविधि तयार भइसके पनि कर्मचारी व्यवस्थापन, कानून र भाडादर निर्धारण गर्ने काम बाँकी रहेकोले ती सबै प्रक्रियाहरु चाँडै पूरा गरी रेल सञ्चालनमा ल्याउने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : २५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क