मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मुख्यमन्त्री राई « Khabarhub

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मुख्यमन्त्री राई


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धनमा रहेका केही पार्टीको राष्ट्रिय तथा जिल्ला अधिवेशन चलिरहेकाले प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाइ भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको मंगलबार अनुगमनपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले कार्य क्षेत्र मिलाएर मन्त्रीको सङख्या केही बढाउने सम्बन्धमा गठबन्धनमा रहेका दलहरुबीच आन्तरिक तयारी भइरहेको र बैठक बसी चाँडै मन्त्रिमण्डललाई पूर्णता दिइने जानकारी दिए।

उनले विगतको सरकारले पेश गरेको बजेट पुनरावलोकन हुने जनाउँदै आर्थिक स्रोत साधन कसरी जुटाउने तथा अनावश्यक राखिएको बजेटको कटौती हुने बताए । मुख्यमन्त्री राईले व्यक्ति कुन पार्टी हो नभनी रित नपुगी विगतको सरकारले गठन गरेको बोर्डलाई सच्चाउने जानकारी दिए ।

उनले गठबन्धन दलको न्यूनतम साझा कार्यक्रमको खाका तयार भइसकेको जानकारी दिँदै दललाई इमेल पठाइएको र बैठक बसी सार्वजनिक गरिने बताए। मुख्यमन्त्री राईले प्रदेशको नाम राख्नका लागि कार्यदल गठन गर्ने, प्रक्रिया अगाडि बढाउने र संसद्को बैठकमा प्रवेश गराई बहुपक्षीय छलफल एवं सहमतिमा टुङ्ग्याउन सरकारको ध्यान गएको उल्लेख गरे।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : ५० बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा