बैतडी पुगेका योजना आयोग उपाध्यक्ष पौडेलसँग सडक र ग्रामीण विकासका योजना माग « Khabarhub

बैतडी पुगेका योजना आयोग उपाध्यक्ष पौडेलसँग सडक र ग्रामीण विकासका योजना माग


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका तयार गर्ने क्रममा बिहीबार बैतडी पुगेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलसँग बैतडी जिल्लाका सरोकारवालाहरूले सडक निर्माण तथा सडकहरूको स्तरोन्नतिको माग राखेका छन् ।

बिहीबार जिल्लाको पाटनमा आयोजित कार्यक्रममा सहभागी बैतडीका सरोकारवालाले दशरथचन्द राजमार्गको दिगो रूपले स्तरोन्नति र ग्रामीण सडक कालोपत्रेको माग राखेकाछन् ।

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले भने, ‘बैतडीका मुख्य सडक मध्ये दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग कालोपत्रे भत्किएका ठाउँहरूमा टालो हाल्ने काम भइरहेको छ । तर, फेरि भत्किँदै गएको छ । त्यसैले त्यसलाई दीर्घकालीन रूपमा स्थापित गर्न मजबुत योजना बनाउन जरुरी छ । यसतर्फ म आयोगको ध्यानाकर्षण गराउँछु ।’ यसैगरी जिल्लाका सबै स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने सडकहरू स्तरोन्नति गर्न जरुरी रहेकाले यसतर्फ आयोगको ध्यानाकर्षण गराए ।

जिल्लाको सूर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले हरेक स्थानीयतहमा बन्दै गरेका चक्रपथहरूका स्तरोन्नति गर्नका लागि योजना बनाउन आग्रह गरे । उनले भने, ‘ग्रामीण विकासमा सरकारको ध्यान केन्द्रित हुनु जरुरी छ । त्यसका लागि सडक पहिलो प्राथमिकता हो । प्रायः स्थानीयतहहरूले पालिकाको केन्द्रसम्म पुग्न चक्रपथ निर्माण गरिरहेकाछन् । यी सडकहरूलाई स्तरोन्नति गर्न जरुरी भएकाले दीर्घकालीन योजना बनाउन आयोगको ध्यानाकर्षण गराउँछु ।’

कार्यक्रममा जिल्लास्थित सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र सबै सरकारी तथा विकासे कार्यालयका प्रमुखको सहभागिता थियो । यातायात, बिद्युत्, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन लगायतका योजनाहरू निर्माणमा ध्यान दिन बैतडीका सरोकारवाला निकायका व्यक्तिले माग गरेका छन् ।

आयोगका उपाध्यक्ष पौडेलले जनता र सरोकारवालासँगको छलफलपछि विकासको खाका तयार गरिने भन्दै छलफलमा उठेका विषयमा ध्यान केन्द्रित भएको बताए । विकासमा जनताको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा उनको जोड थियो । सरकारले पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने उनले बताए ।

बाढी पहिरोले सरकारी संरचना भत्काएको तथा जनताको जीवन अस्तव्यस्त पारेको भन्दै पीडितको पुनर्स्थापनाको माग राखेका सरोकारवाला निकायसँग उपाध्यक्ष पौडेलले यसका लागि योजना निर्माण हुने आश्वासन दिए ।

आयोगका उपाध्यक्ष पौडेलले कार्यालय प्रमुखहरू र नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँग गरी दुई ओटा छुट्टा छुट्टै कार्यक्रम गरेका थिए । न्यूजकारखाना

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ८ : ०० बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज