क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु | Khabarhub Khabarhub

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित सबै पाँच यात्रुको मृत्यु भएको छ ।

क्युवाको रक्षा मामिला मन्त्रालयका अनुसार स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो ।

हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको जनाइएको छ ।

क्युवामा यसअघि सन् २०१८ मेमा भएको क्युवाली ध्वजावहाक विमान दुर्घटनामा ११२ यात्रुको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ६ : ५५ बजे

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ