अधिकारकर्मीको पहलमा रोकियो बालविवाह « Khabarhub

अधिकारकर्मीको पहलमा रोकियो बालविवाह


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ ।

ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् ।

सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो ।

‘बेटी पढाउ, बेटी बचाऊँ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दु:खद् भएको  संस्थाकी सहसंयोजक  अञ्जना पन्त कडरियाले बताए ।  ती बालिकाको घरको परिवारिक स्थिति नाजुक रहेका कारण परिवारले विवाह गरिदिन लागेका बताइएको छ ।

बालिकाले विवाह भन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी सहसंयोजक पन्तले जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ७ : ४० बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

चिकित्सक संघको निर्वाचन सुरु, तीन प्यानलबीच कडा प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि आजदेखि

खण्डहर कारखाना ब्युँझाएर स्वाधीन अर्थतन्त्र थालौँ

कुनै समय थियो– जब काठमाडौँको बालाजु यन्त्रशालाले निर्माण गरेका जलविद्युत्

एउटै स्टारलाई दर्शकले कति हेर्लान् ?

काठमाडौं –  मुख्यतः नेपालमा तीन प्रकारका फिल्मले ओपनिङ राम्रो गरेको

सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटिभी अनिवार्य 

सिरहा– जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै