कतारमा श्रमिकका लागि ल्याइएको नयाँ नियमबारे सचेतनात्मक कार्यक्रम सम्पन्न « Khabarhub

कतारमा श्रमिकका लागि ल्याइएको नयाँ नियमबारे सचेतनात्मक कार्यक्रम सम्पन्न


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतार सरकारले हालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनी परिवर्तन गर्न पाइने नयाँ नियमबारे एनआरएनए कतार र कतार सरकारले संयुक्त सचेतनात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।

कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई नयाँ नियमको बारेमा जानकारी गराउन संघले भर्चुअल माध्यमबाट सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए।

कार्यक्रममा कतार सरकारको सम्बन्धित मन्त्रालयका जागरूकता मार्गदर्शन प्रमुख अली सलाह अल खलाफ, नेपाली दूतावासका श्रम कन्सुलर श्रीकृष्ण प्रसाद खनाललगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको अध्यक्ष मुसलमानले बताए ।

केही समयअघि कतारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाएको घोषणा गरेको थियो । कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो ।

नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्‍याइएको छ । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् । यो नयाँ पारिश्रमिक आगामी मार्च महिना देखि लागू हुने बताईएको छ ।

यस्तै रोजगारदाता मन नपरेको अबस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था पनि गरिएको छ । कतारमा ३ लाख ५० हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ९ : २५ बजे

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा