कतारमा श्रमिकका लागि ल्याइएको नयाँ नियमबारे सचेतनात्मक कार्यक्रम सम्पन्न « Khabarhub

कतारमा श्रमिकका लागि ल्याइएको नयाँ नियमबारे सचेतनात्मक कार्यक्रम सम्पन्न


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतार सरकारले हालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनी परिवर्तन गर्न पाइने नयाँ नियमबारे एनआरएनए कतार र कतार सरकारले संयुक्त सचेतनात्मक कार्यक्रम सम्पन्न गरेका छन् ।

कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई नयाँ नियमको बारेमा जानकारी गराउन संघले भर्चुअल माध्यमबाट सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए।

कार्यक्रममा कतार सरकारको सम्बन्धित मन्त्रालयका जागरूकता मार्गदर्शन प्रमुख अली सलाह अल खलाफ, नेपाली दूतावासका श्रम कन्सुलर श्रीकृष्ण प्रसाद खनाललगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको अध्यक्ष मुसलमानले बताए ।

केही समयअघि कतारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाएको घोषणा गरेको थियो । कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो ।

नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्‍याइएको छ । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् । यो नयाँ पारिश्रमिक आगामी मार्च महिना देखि लागू हुने बताईएको छ ।

यस्तै रोजगारदाता मन नपरेको अबस्थामा आप्रवासी श्रमिकहरुले बिना अनुमति रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था पनि गरिएको छ । कतारमा ३ लाख ५० हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ९ : २५ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ