समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प छैन : पूर्वमन्त्री विश्वकर्मा « Khabarhub

समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प छैन : पूर्वमन्त्री विश्वकर्मा


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले  स्थिरता र समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।

नेकपा लमजुङ कमिटीद्वारा नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई शनिबार सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माले निर्वाचनले लोकतन्त्र बलियो बनाउने बताए।

‘पार्टीको महाधिवेशनसम्म पर्खनु नसक्ने, पद, सत्ता लोभ र देशको प्रगति नचाहेकाले जनताको ६४ प्रतिशतन जनमत प्राप्त नेकपा नेतृत्वको प्रधानमन्त्रीलाई अविश्वासको मत ल्याएर पदबाट हटाउने प्रयास भएकाले संसद् विघटन गर्न बाध्य भएको हो, उनले भने, ‘मुलुकलाई सङ्कटबाट जोगाउन लोकतन्त्रमा जनतामा जानु नै अन्तिम विकल्प हो । ‘

नेकपाका केन्द्रीय सदस्य जमिन्द्रमान घले, डा भीष्मनाथ अधिकारी, गुमानसिंह अर्याल, फूलबहादुर थापा, प्रेमबहादुर घले, लक्ष्मी अधिकारी, गोवर्द्धन गौली, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेलगायतले लोकप्रिय, विकासप्रेमी प्रधानमन्त्रीका विरुद्धमा लागेर देश सङ्कटतर्फ लैजान खोज्नेका विरुद्धमा सबै एकजुट हुन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : ४० बजे

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले