सिरहामा थपिए २१ हजार १० मतदाता « Khabarhub

सिरहामा थपिए २१ हजार १० मतदाता


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन् ।

सरकारले अगामी वैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन घोषणा गर्नु अघिल्लो दिनसम्म गरी मतदाता अद्यावधि गर्ने क्रममा सो मतदाता थपिएको कार्यालयका प्रमुख इन्दिरा यादवले जानकारी दिए ।

गत २०७४ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा एक लाख ८४ हजार १०१ पुरुष, एक लाख ६० हजार २६७ महिला र दुई जना तेस्रोलिङ्गी गरी तीन लाख ४४ हजार ३७० मतदाता थिए ।

अघिल्लो निर्वाचनमा रहेका २२१ मतदानस्थललाई कायम राख्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा रहेको जिल्ला निर्वाचन कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको बैठकले गत २०७४ को निर्वाचनका बेलाका मतदानस्थललाई नै कायम राख्ने निर्णय गरेको कार्यालय प्रमुख यादवले जानकारी दिए ।

उनका अनुसार निर्वाचन कार्यालयले घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी आयोगको तालिकाअनुसार जिल्लामा मतदाता नामावली अद्यावधिक कार्य अगाडि बढाएको छ ।

यही माघ १५ गते प्रत्येक स्थानीय तहमा मतदाता नामावली प्रकाशन गरी माघ १६ र १७ गते त्रुटि सच्याउन निवेदन दिने, झुठा विरणविरुद्ध उजुरी दिने, दोहोरो नामावली हटाउन निवेदन दिने, मृत्यु वा नागरिकता परित्याग गरेको मतदाताको स्थानीय पञ्जिकारबाट नामावली सङ्कलन गरिने कार्य सकिएको छ ।

आएका उजुरीहरूमाथि माघ १८ र १९ गते सफाइको मौका दिइने र माघ १८ देखि २० गतेभित्र निवेदनको आधारमा त्रुटि सच्याउने, दोहोरो नामावली हटाउने, स्थानीय पञ्जिकारबाट प्राप्त मृतक मतदाताको नामावली निर्वाचन आयोगमा पठाउने, माघ २० गते दाबी विरोध उजुरीउपर कारवाही गरिने र माघ २१ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम तय भएको कार्यालयले जनाएको छ ।

यसका साथै सिरहाको १७ वटै स्थानीय तहमा एक/एक सहायक निर्वाचन अधिकृत छनोट गरी खटाइने छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ११ : ०३ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका