आज संकष्टी चतुर्थी व्रत, गणेशजीको पूजा गरे हुन्छ सारा कष्ट दुर « Khabarhub

आज संकष्टी चतुर्थी व्रत, गणेशजीको पूजा गरे हुन्छ सारा कष्ट दुर


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रत्येक महिना दुईवटा चतुर्थी तिथि पर्दछ । एक शुक्ल पक्षमा जसलाई विनायक चतुर्थी भनिन्छ र अर्काे कृष्ण पक्षमा जसलाई संकष्टी चतुर्थीको नामले समेत चिनिन्छ ।

सबै चतुर्थीहरुमा माघ महीनाको संकष्टी चतुर्थीको विशेष महत्व रहेको छ । जसलाई लोकभाषामा सकंट चौथी, माघी चर्तुथी, संकटा चौथी आदि नामले चिनिन्छ । संकष्टी चतुर्थीको अभिप्राय संकटको हरण गर्ने चतुर्थी हो । यस दिन भगवान गणेशजीका साथै भगवान शिव, देवी माता पार्वती, कार्तिकेय, नन्दी एवम् चन्द्रदेवको पुजा गर्ने परम्परा छ ।

महिलाहरु आफ्नो सन्तानको दीर्घायु र खुशीयाली जीवनको कामनाकालागी यो व्रत राख्ने गर्दछन् । नारद पुराणका अनुसार यस दिन भगवान गणेशको आराधनाले सुख, सौभाग्यमा वृद्धि तथा घरपरिवारमा रहेको विघ्न बाधाबाट मुक्ति मिल्दछ । साथै रोकिएको मांगलिक कार्य समेत सम्पन्न हुने धार्मीक मान्यता छ । यस चतुर्थीमा चन्द्रमाको दर्शन गरे गणेशजीको दर्शनका पुण्य फल मिल्दछ ।

यस व्रतका दिन भगवान गणेशको विधिपूर्वक आराधना गर्नुपर्दछ । गणेशलाई तिलको लड्डुको भोग लगाउनु पर्दछ । शास्त्रका अनुसार यस दिन संकल्प लिएर व्रत गर्नेहरुले प्रातःदेखि चन्द्रोदयसम्मको अवधीमा नियमपूर्वक रहनु पर्दछ । सांयकालमा काठको पिर्कामा रातो कपडा ओछ्याएर माटोद्धारा गणेश एवमु चर्तुथी माताको स्थापना गर्नु पर्दछ । त्यस पश्चात निष्ठापूर्वक पुजा सामाग्रीद्धारा पुजा गरी नैवेद्य अर्पण गर्नुपर्दछ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : ०९ बजे

मुस्ताङका होटल र पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव