संसद विघटनविरूद्धको मुद्दा : रिट निवेदक पक्षका वकिलको बहस सकियो « Khabarhub

संसद विघटनविरूद्धको मुद्दा : रिट निवेदक पक्षका वकिलको बहस सकियो


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस आजबाट सकिएको छ।

संवैधानिक इजलासमा आज रिट निवेदक १३ जनासहित अरू वकिलको बहस सकिएको हो।

रिट निवेदनका पक्षमा बहस गर्ने सबै वकिलहरू प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नएकाले यो असंवैधानिक कदम खारेज हुन पर्ने माग गरेका छन्।

संवैधानिक इजलासमा पुस २२ देखि ती मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ। अब भोलिदेखि सरकारी र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरूले बहस गर्न थाल्ने छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई १४ रिट निवेदन दर्ता भएको थियो।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ३ : २७ बजे

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा

अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू)

काठमाडौं – विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई