मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त « Khabarhub

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्त भएका छन् ।

मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानका लागि उपकुलपतिमा डा. राम केवल साह, रजिष्ट्रारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री निवास मधेशभवनमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन ।

नियुक्ति पत्र हस्तान्तरणपछि सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै गौरवको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ति सरकारका लागि महत्वपूर्ण रहेको बताए ।

नवनियुक्त पदाकिारीहरुको लागी अवसर र चुनौती दुबै रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले यसै वर्षदेखि एकेडेमिक सेशनहरु संचालन हुने विश्वास व्यक्त गरे ।

प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ ।

कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : ५९ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै