राखेपले मंगलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया गर्दै « Khabarhub

राखेपले मंगलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया गर्दै


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी मंगलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

राखेपले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ : ०० बजे उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो । कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले खेलाडी, प्रशिक्षक र खेलकर्मीसँग उक्त अन्तरक्रिया गर्ने राखेपले आज एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली खेलकुदका बारेमा जानकारी लिनेछन भने आवश्यक निर्देशन दिने राखेपले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली खेलकुदको विकास र विस्तार तथा समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, विभिन्न खेलका प्रशिक्षक, विभिन्न सङ्घ संस्थाका पदाधिकारी, कर्मचारीलगायतको उपस्थिति रहनेछ ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री र सदस्य सचिवले नेपालको खेलकुदको अवस्थाका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेछन ।

खेलकुदसँग प्रधानमन्त्री कार्यक्रममा खेलाडीले सोझै प्रधानमन्त्रीसँग अन्तरक्रिया गर्न पाउने राखेपले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ९ : ५९ बजे

विष्णु पौडेलको प्रतिबद्धता- निर्माणाधीन पूर्वाधारलाई तीव्रता दिने

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही निर्वाचन क्षेत्र नं. २

संविधान सही ट्रयाकमा ल्याउन निर्वाचन सफल बनाउनुपर्ने

काठमाडौं– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले

निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता सम्बन्धी महासंघको अभिमुखीकरण

काठमाडौं– नेपाल पत्रकार महासंघले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय

कानुनी विवाह गरेको एक वर्षपछि नीति बनिन् बेहुली

काठमाडौं– मोडल तथा नायिका नीति शाहले लगन गाँठो कसेकी छन्

कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा बागी उठ्नेहरूलाई कारबाही गर्ने

ललितपुर- नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका