फिल्ममा फ्लप, विलासी जीवनमा हिट | Khabarhub Khabarhub

फिल्ममा फ्लप, विलासी जीवनमा हिट


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका अभिनेत्रीहरु विशेषत आफ्नो फिल्म भन्दा पनि महंगो जीवनशैलीका कारण चर्चामा आइरहन्छन् । हालैमात्र दक्षिण भारतीय सुपरस्टार तथा ‘बाहुबली’ अभिनेता प्रभासले ६ करोडको विलासी लेम्बोर्गिनी कार किने ।

यी अभिनेताको लोकप्रियता र सफलताले नै उनले आफ्नो विलासी जीवनलाई अगाडि बढाएका छन् । तर बलिउडका यस्ता केही अभिनेत्रीहरु पनि छन्, जो फिल्म करियर फ्लप भए पनि आफ्नो जीवनशैलीलाई सधैं हिट बनाइरहेका छन् । दैनिक भास्करले यस्तै केही अभिनेत्रीको जीवनशैलीलाई प्रस्तुत गरेको छ ।

वर्षौपछि अभिनयमा पुनरागमन गर्न लागेकी अभिनेत्री सेलिना जेटली धेरै ब्राण्ड इन्डोर्समेन्टको हिस्सा छिन् । यसबाहेक उनले आफ्नो घरलाई भाडामा पनि दिएकी छन् । जसबाट उनको वार्षिक रुपमा लाखौ‌ कमाई हुने गरेको छ ।

‘होगी प्यारकी जीन’, ‘बेताबी’ र ‘पापा कहते है’ जस्ता फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री मयूरी कांगोले केही वर्षमै अभिनयबाट सन्यास लिइन् । बलिउडबाट बिदा भएपछि उनले एमबीएको डिग्री हासिल गरिन् ।

हाल यी अभिनेत्री गुरुग्रामको एक ठूलो कम्पनीको चीफ कन्वर्जन अफिसर छिन् । जो महंगो जीवनशैलीमा आफूलाई मेन्टेन गरिरहेकी छन् ।

‘द कन इज अन’, ‘कमबख्त इश्क’ र ‘टिम’ जस्तो फ्लप फिल्मको हिस्सा बनेकी अभिनेत्री अमृता अरोडले आफ्नो छोटो फिल्मी करियरमा केही मात्र हिट फिल्म दिएकी छन् । उनको फिल्मी करियर खासै लामो रहेन ।

तर पनि उनी प्रायः आफ्नो महिला समूह र बिलासी पार्टीमा व्यस्त भइन् । उनले व्यापारी सकिल लदाकसँग विवाह गरिन् । उनको विलासी जीवनको कारक पनि पति नै रहेको उनी निकट साथीहरु बताउछन् ।

‘सोचा ना था’, ‘शादी नम्बर १’, ‘डोर’ र ‘वान्टेड’ जस्ता फिल्ममा अभिनय गरेकी अभिनेत्री आयशा टाकियाले धेरै वर्ष अघि नै बलिउड छोडिन् । उनले आफ्नो छोटो समयको बलिउड यात्रामा हिट फिल्म कम दिइन् ।

फ्लप करियरको बाबजुद उनले आफ्नो जीवन भने विलासीपूर्ण तरिकाले बिताइरहेकी छन् । यसको प्रमुख कारण उनको श्रीमान फरहान आजमी हुन् । उनी भारतका एक ठूला होटलवालामा गनिन्छन् । उनी राजनीतिज्ञ अबू आजमीका छोरा हुन् ।

कैयौं वर्षदेखि बलिउडसँग दुरी कायम गरेकी एकताकाकी चर्चित अभिनेत्री मनीषा कोइराला पनि अहिले विलासी जीवन बिताइरहेकी छन् । उनले करिब ५० बढी बलिउड फिल्ममा अभिनय गरेकी छन् । केही वर्षअघि मात्र उनको आम्दानी ८ सय मिलियन थियो । यसबाहेक उनको भारत र नेपालमा धेरै सम्पत्ति छन् ।

फिल्म ‘मोहब्बतें’बाट अभिनयमा डेब्यू गरेकी शमिता सेठ्ठीले आफ्नो करियरमा कैयौं फ्लप फिल्म दिइन् । यी अभिनेत्रीलाई प्रायः देशकै सबैभन्दा महंगो होलिडे डेस्टिनेसनमा बिदा मनाइरहेको देख्न सकिन्छ । यसको प्रमुख कारण उनको बहिनी शिल्पा सेठ्ठी र उनका पति राज कुन्द्रा हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ५५ बजे

मनिता मृत्यु प्रकरण : चिकित्सकको पक्षमा काउन्सिल, निर्णय एकपक्षीय भएको पीडितको आरोप

उपचार क्रममा गरिएको लापरवाहीका कारण श्रीमती मनिता शर्माको मृत्यु भएको

इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

एजेन्सी– रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय संकट अन्त्य

एमालेको आडमा अराजकता निम्त्याउने छुट कसैलाई छैन : पदम गिरी

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले एमालेको आडमा अराजकता

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारिसाधन बाहिरिन पाउने

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात