भूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनर्निर्माण « Khabarhub

भूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनर्निर्माण


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– महाभूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनर्निर्माणको काम सम्पन्न गरिएको छ ।

विसं २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अपाङ्गमैत्री र महिलामैत्री विद्यालय भवनहरु निर्माण सम्पन्न गरिएको हो ।

भूकम्पपछि अस्थायीरूपमा स्थापना भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) शाखाले ९२ वटा र गैरसरकारी संस्थाले १४ वटा गरी हालसम्म कुल १०६ वटा भवन निर्माण सम्पन्न भएको एकाइ प्रमुख बाबुराम पोखरेलले बताए ।

गैरसरकारी संस्थाले ऐँसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकामा १४ वटा भवन निर्माण गरेको जनाइएको छ ।

गैससले अब दुईवटा भवन निर्माण गर्न बाँकी छ । राष्ट्रिय पुनःनिर्माणको डिजाइन र ड्रइङअनुसार निर्माण भइसकेका भवनहरूमा दुई कोठे ४६ वटा, तीन कोठे १६ वटा र चार कोठे ३० वटा विद्यालय भवन निर्माण भएका छन् । जिल्ला कार्यान्वयन एकाइले ६४ वटा भवन निर्माण सम्पन्न गर्न बाँकी छ ।

निर्माण सम्पन्न गर्न बाँकी भवनहरुको काम आगामी असार मसान्तभित्र सम्पन्न हुने एकाइ प्रमुख पोखरेलले जानकारी दिए । आगामी असारपछि जिल्लाबाट कार्यालय नै उठ्ने तयारी भइरहेको जनाइएको छ ।

एकाइले चारकोठे भवन निर्माणका लागि रु ७० लाख ४० हजार, तीनकोठे भवनका लागि रु ३५ लाख ८० हजार, दुई कोठे भवन निर्माणका लागि रु २३ लाख ९० हजार बजेट विद्यालय व्यवस्थापन समितिलाई उपलब्ध गराएको छ ।

पुनःनिर्माणतर्फ नै एकाइले ३२ वटा विद्यालयमा अपाङ्गमैत्री र महिलामैत्री शौचालय पनि निर्माण गरेको छ । रु १५ लाख लागतमा निर्माण भएका सबै विद्यालयका शौचालयमा किशोरीहरुले स्यानिटरी प्याड डिस्पोज गर्न तथा लगाउन/फेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस्तै १५ वटा विद्यालयमा खानेपानी आयोजना सम्पन्न भएको छ । प्रत्येक विद्यालयमा रु सात लाख ४० हजार लागतमा खानेपानी योजना सञ्चालन गरिएको जनाइएको छ । भूकम्प गएको चार वर्ष बित्दा खोटाङमा निजी आवास पुनःनिर्माणको काम ८१ प्रतिशत मात्र पूरा भएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ४६२ र प्रबलीकरणतर्फका ३६१ परिवार गरी कुल आठ हजार ८२३ लाभग्राही रहेका छन् । कुल लाभग्राहीमध्ये हालसम्म ९८ प्रतिशतले पहिलो किस्ता बापत रु ५० हजार, ८० प्रतिशत लाभग्राहीले दोस्रो किस्ता बापत रु एक लाख ५० हजार र ६५ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बापत रु एक लाख बुझेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ७ : ५५ बजे

कञ्चनपुरका ७९ मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

दोधारा चाँदनी- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका

यस्तो छ झापा-५ को मतगणना स्थल (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा-५ को मतगणना स्थल दमकस्थित

मतदातालाई निर्वाचन आयोगको आह्वान- निर्धक्क भएर मतदानमा सहभागी भइदिनुस्

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री