अभिनेताभन्दा अग्ला यी अभिनेत्रीहरू « Khabarhub

अभिनेताभन्दा अग्ला यी अभिनेत्रीहरू


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका अभिनेत्रीहरु निकै सुन्दर छन् र उनीहरुको सुन्दरतामा एउटा इटा थप्ने काम उनीहरुको उचाईले पनि गरेको छ । अर्थात् उनीहरु जति अग्ला छन्, त्यति नै सुन्दर पनि छन् । उनीहरुको उचाईलाई नजिकबाट नियालेका अभिनेताहरु फिल्मको पर्दामा कतै आफू भन्दा अग्लो त देखिँदैनन् भनेर सोचमग्न पनि हुने गर्दछन् ।

अमर उजालाले आफ्नो अनलाइन संस्करणमा बलिउडका यस्ता केही अग्ला अभिनेत्रीहरुको बारेमा एउटा समाचार तयार पारेको छ । यी अभिनेत्रीहरुलाई कैयौं पटक पत्रकारहरुले उनीहरुको उचाई बढ्नुको कारणबारे पनि सोधेका छन् ।

अग्लो अभिनेत्रीको सूचीमा पहिलो नाम अभिनेत्री सुष्मिता सेनकै आउछ । अभिनयबाट दुरी बनाए पनि सन् २०१० मा ओटीटी प्लेटफर्मममा धमाकेदार पुनरागमन गरिन् । वेब सिरिज ‘आर्या’मा उनको अभिनयलाई निकै रुचाइएको थियो । यसबाहेक उनी निजी प्रेमजीवनका कारण पनि चर्चामा आइरहेकी छन् । यिनै सुस्मिताको उचाई ५ फिट ७ इञ्च छ ।

अभिनेत्री दीपिका पादुकोण पनि निकै अग्ली अभिनेत्रीमा गनिन्छिन् । उनले बलिउडमा निकै हिट फिल्म दिएकी छन् र उनका केही नयाँ फिल्म रिलिजको तयारीमा पनि छन् । उनको उचाई ५ फिट ७ इञ्च छ ।

अभिनेत्री कटरीना कैफले छोटो समयमा नै बलिउडमा विशेष स्थान बनाएकी छन् । उनले बलिउडमा एक से एक हिट फिल्म दिएकी छन् । अग्ली अभिनेत्रीहरुको सूचीमा कटरीना पनि पर्छिन् । उनको उचाई ५ फिट ६ इञ्च छ ।

पूर्व मिस वल्र्ड र विश्वभर आफ्नो सुन्दरता तथा अभिनयका कारण ख्याती कमाएकी अभिनेत्री प्रियंका चोपडा हालका दिनमा आफ्नो पुस्तक र न्यूयोर्कमा खोलेको सोना रेष्टुरेन्टका कारण चर्चामा छिन् । यी अभिनेत्री ५ फिट अग्ली छिन् ।

अभिनेत्री अनुष्का शर्माले फिल्म ‘रब ने बना दी जोडी’बाट फिल्मी दुनियाँमा पाइला चालिन् । यसपछि उनले कैयौं फिल्ममा काम गरिन् र केही फिल्म निर्माण पनि गरिन् । उनको उचाई ५ फिट ६ इञ्च छ ।

अभिनेत्री शिल्पा सेठ्ठी बलिउडको सबैभन्दा फिट अभिनेत्रीमा पर्छिन् । यो उमेरमा पनि उनले आफूलाई निकै फिट राखेकी छन् । उनी प्रायः सामाजिक सञ्जालमा आफ्नो फिटनेस रहस्यलाई फ्यान माझ साझा गर्छिन् । उनको उचाई पनि निकै अग्लो छ । उनको उचाई ५ फिट ६ इञ्च छ ।

अभिनेत्री सोनम कपूर पनि बलिउडको अग्ली अभिनेत्रीमा पर्छिन् । उनको उचाई ५ फिट ९ इञ्च छ । उनले फिल्म ‘साँवरिया’बाट फिल्मी करियर सुरुवात गरेकी थिइन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १० : ३० बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित