न्यायिक समितिलाई कुनै किसिमको समस्या हुन दिँदैनौँ : मन्त्री श्रेष्ठ « Khabarhub

न्यायिक समितिलाई कुनै किसिमको समस्या हुन दिँदैनौँ : मन्त्री श्रेष्ठ


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले स्थानीय तहको न्यायिक समितिलाई कार्य सम्पादन गर्न कुनै किसिमको समस्या हुन नदिने बताएका छन् ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिरहामा आज आयोजित स्थानीय तहका न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीको लागि क्षमता अभिवृद्धि तथा अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री श्रेष्ठले न्यायिक समितिलाई दक्ष जनशक्तिसँगै भौतिक पूर्वाधारको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै दबाब, प्रभावमा नभई ऐन, नियम र कानूनको आधारमा कार्य सम्पादन गर्ने आग्रहसमेत गरे ।

न्यायिक समितिका पदाधिकारीमा इच्छाशक्तिको अभावका कारण अपेक्षाकृत कार्य गर्न नसकेको जिकिर गर्दै उनले हरेक न्यायिक समितिलाई एक जना अधिकृतस्तरको दरबन्दी कायम गर्न समान्य प्रशासन मन्त्रालयमा पठाएको जानकारी दिए ।

श्रेष्ठले गरिब, विपन्न तथा दलित समुदायलाई कानूनी सहायता गर्न नियुक्त भएका कानूनी सहायता अधिकृतले अपेक्षाकृत रुपमा काम गर्न नसकेकाले सेवा सुविधा बढाएर भए पनि कानूनी सहायताको कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भौतिक पूर्वाधारलाई मात्र विकास सम्झिने परिपाटी गलत भएको भन्दै उनले जनतालाई न्याय दिने न्यायिक विषयलाई पनि विकास पूर्वाधारकै रुपमा अघि बढाउनुपर्ने उल्लेख गरे ।

जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुरले न्यायिक समितिका बारेमा जनचेतना जगाउन नसकेकाले जनताले न्यायिक समितिको बारेमा बुझ्नै नसकेको बताए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय न्यायिक समितिलाई दिएको अधिकारलाई न्यायिक समितिका पदाधिकारीले प्रयोग गर्न नसकिरहेको गुनासो गर्नुहुँदै न्यायिक समितिका पदाधिकारीलाई प्रशिक्षित बनाउनुपर्नेमा जोड दिए ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव पुष्कर सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा सिरहाका १७ वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारी, अर्धन्यायिक निकायका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ८ : ०५ बजे

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

यस्तो छ मधेश प्रदेशको बजेट (पूर्णपाठ)

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब