काठमाडौँ भित्रने नाकामा एन्टिजेन परीक्षण गरिने « Khabarhub

काठमाडौँ भित्रने नाकामा एन्टिजेन परीक्षण गरिने


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस सङ्क्रमण बढेपछि स्वस्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा एन्टिजेन परीक्षण गर्ने भएको छ ।

मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यसअघि पनि मन्त्रालयले उपत्यकामा प्रवेश गर्नेको कोभिड–१९ को पीसीआर परीक्षण गरेको थियो । नाकाबाट प्रवेश गर्नेलाई १० वटा सर्जिकल मास्क पनि उपलब्ध गराइने भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

यस्तै स्थानीय तहमा जोखिम पहिचान गरी एन्टिजेन परीक्षण बढाइने उनले जानकारी दिए । विभिन्न प्रवेश बिन्दुबाट नेपाल आउनेलाई होम क्वारेन्टिनमा बस्न र स्वास्थ्यका मापदण्ड पालना गर्न पनि उनले आग्रह गरे ।

यस्तै मन्त्रालयले सबै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई जिल्लाभित्र भेला, सभा जुलुस रोक्न अनुरोध गरेको जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १० : १४ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६