एनआरएनए मध्यपूर्वले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’ आयोजना गर्दै « Khabarhub

एनआरएनए मध्यपूर्वले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’ आयोजना गर्दै


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्ने भएको छ ।

नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ को आयोजना गर्न लागिएको युवा विभागले जनाएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय युवा विभागले भर्चुअल माध्यमबाट उक्त कार्यक्रमको आयोजना गर्ने जनाएको हो । कार्यक्रमका व्यवस्थापक समेत रहेका एनआरएनए मध्यपूर्व क्षेत्रीय समितिका युवा संयोजक राज रेग्मीका अनुसार यस आइडलमा ८३ देशका गैरआवासीय नेपाली सहभागी हुन पाउनेछन् ।

आगामी अप्रिल १६ र १७ मा सञ्चालन गरिने उक्त प्रतियोगिताको विजेताले दुई लाख रुपैयापुरस्कार प्राप्त गर्ने छन् ।
द्वितीय पुरस्कार एक लाख रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ र चौथो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने रेग्मीले बताए । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बममा अवसर प्रदान गरिने उनले बताए ।

कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र प्राश्ना शाक्य निर्णायक भूमिकामा रहने छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ८ : १६ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको