एनआरएनए मध्यपूर्वले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’ आयोजना गर्दै « Khabarhub

एनआरएनए मध्यपूर्वले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’ आयोजना गर्दै


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्ने भएको छ ।

नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ को आयोजना गर्न लागिएको युवा विभागले जनाएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय युवा विभागले भर्चुअल माध्यमबाट उक्त कार्यक्रमको आयोजना गर्ने जनाएको हो । कार्यक्रमका व्यवस्थापक समेत रहेका एनआरएनए मध्यपूर्व क्षेत्रीय समितिका युवा संयोजक राज रेग्मीका अनुसार यस आइडलमा ८३ देशका गैरआवासीय नेपाली सहभागी हुन पाउनेछन् ।

आगामी अप्रिल १६ र १७ मा सञ्चालन गरिने उक्त प्रतियोगिताको विजेताले दुई लाख रुपैयापुरस्कार प्राप्त गर्ने छन् ।
द्वितीय पुरस्कार एक लाख रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ र चौथो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने रेग्मीले बताए । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बममा अवसर प्रदान गरिने उनले बताए ।

कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र प्राश्ना शाक्य निर्णायक भूमिकामा रहने छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ८ : १६ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)