नोकर्नीसित बिहे गर्ने स्रष्टा अनातोले फ्रान्स ! « Khabarhub

नोकर्नीसित बिहे गर्ने स्रष्टा अनातोले फ्रान्स !


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो ओजस्वी लेखनले विश्वप्रसिद्ध भएका स्रष्टा हुन् अनातोले फ्रान्स । यिनले उपन्यास, कथा, निबन्ध, आत्मजीवनीका झन्डै बयालीसवटा कृति विश्व साहित्यलाई प्रदान गरेर सन् १९२१ को साहित्य तर्फको नोबेल पुरस्कार हात पारे ।

आफ्ना कृतिमा फ्रान्सको राजधानी पेरिसका विविध खाले जीवनहरु, जीवनका स्थितिहरुको सुन्दर झाँकी प्रस्तुत गरे । कवितामा समाज र राजनीतिका जटिल समस्यामात्र प्रस्तुत गरेनन् युगजीवनका जीवन्त अनुभूति र यथार्थहरुको उद्घाटन गरिदिए ।

सत्यप्रतिको अविरल निष्ठा, उच्च मानवतावादी दृष्टिकोण र मार्मिक प्रस्तुति यिनका लेखनका विशिष्ट गुणहरु थिए ।

यिनको जन्म सन् १८४४ मा फ्रान्सको राजधानी पेरिस शहरमा भएको थियो । यिनका पिताजी पुस्तक व्यापारी भएकोले पुस्तकसित यिनको घनिष्ट प्रेम बस्यो ।

साहित्यका पुस्तकहरुसित डुब्ने बानीले गर्दा औपचारिक पाठ्यक्रमका पुस्तकहरुसित खासै दिलचस्पी जागेन । आफ्नो किताब दोकानमा दिनै आउने लेखक साहित्यकारको सङ्गत र रातदिन पुस्तकहरुको अध्ययनले यिनको ध्यान साहित्यमै केन्द्रित हुँदै गयो ।

पछि व्यावसायिक रुपले पनि यिनी बुवाको व्यवसायलाई सहयोग गर्न थाले । पुस्तक प्रकाशन र वितरणको काममा सक्रिय बने । केही समय सेनामा भर्ती भएर पनि काम गरे तर सैन्य पेशाले यिनको सर्जकलाई सन्तुष्टि दिन सकेन । सैन्य पेशा परित्याग गरेपछि यिनी रचनाहरु लेख्न र छपाउनमा जोडतोडले लागे ।

यिनले फ्रान्सेली सिनेटमा सहायक पुस्तकालयाध्यक्ष भएर पनि काम गरे । पहिली पत्नीसँग दाम्पत्य जीवन राम्रो भएन । दोस्रोलाई बिहै गरे, ऊ पनि केही समयमा मरेपछि आफ्नै नोकर्नीसित बिहे गरे । नोकर्नी पत्नी पनि एक वर्षमा नै आत्महत्या गरेपछि यिनी एक्ला बने ।

यिनको स्वैरकल्पनामा आधारित उपन्यास कथाले यिनलाई एकाएक चर्चित र विश्वप्रसिद्ध बनायो । उनको नामको सुवास चारैतिर फैलिदै गएपछि यिनलाई फ्रान्सेली एकेडेमीमा पनि निर्वाचित गरियो ।

नोबेल पुरस्कार पाएको तीनवर्षपछि सन् १९२४ मा यिनको निधन भयो ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्हरुपुस्तकबाट

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ६ : ०५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर