यसरी बनाउन सकिन्छ स्वादिष्ट ‘मसरुम करिस्मा’ « Khabarhub

यसरी बनाउन सकिन्छ स्वादिष्ट ‘मसरुम करिस्मा’


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री

२५० ग्राम मसरुम (च्याऊ), २० ग्राम मधेशी बदाम, ४/५ वटा ल्वाङ, सुकुमेल, ईलाइची, तेजपात, २ चम्चा क्रिम, १०० ग्राम पनिर, १०० ग्राम मसिनो गरेर काटेको प्याज, १०० ग्राम काटेको टमाटर, १०० ग्राम मटरकोशा, १०० ग्राम सानो गरी काटेको काउलीको टुक्रा, आधा चम्चा शाही जिरा, कसुरि मेथी नपाएमा (१ कल्ली मसिनो गरेर काटेको मेथीको साग) १ भेडे खोर्सानी, रातो कास्मीरी खुर्सानीको पाउडर १ चम्चा, जिरा, धनियाँ, बेसार आधा आधा चम्चा, राम्रो केसर तेल, नुन, अजिनोमोटो इच्छाअनुसार, २५ ग्राम खुवा ३ चम्चा दही, २ मुठा हरियो धनियाँ ।

बनाउने तरिका :

केसरलाई तातो १ कप दूधमा भिजाई राख्नु र मसरुमलाई सफा गरी काटेर अलिअलि फ्राई गरेपछि पनिर, प्याज, लसुन, टमाटर, खुवा, बदाम, कसुरी मेथी हाली राम्रोसँग तेल निक्लने गरी भुट्नु र केहीबेर भुटेपछि अन्य मसलाहरू राखी काउली, मटरकोशा, खोर्सानी, च्याऊ सबै राखी एक कप पानी हालेर सानो आगोमा १०/१५ मिनेट छोपेर पकाउनु । त्यसपछि क्रिम, केसर, धनियाँ, गरम मसला राखी केहीबेर पकाउनु । अब तपाईंको परिकार तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ५ : ०५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण