गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६१ पुग्यो « Khabarhub

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६१ पुग्यो


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-  गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६१ पुगेको छ ।

आइतबार संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ६१ पुगेको हो ।

आइतबार अपराह्न प्राप्त २४ घण्टाको विवरणमा कास्कीका ८ जना, तनहुँका ४ जना तथा लमजुङ, बाग्लुङ्, मुस्ताङ र पर्वतका १/१ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै, आइतबार गण्डकीका ५४० थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६६३ जनामा गरिएको नमूना परीक्षणमा थप ५४० जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

आइतबार संक्रमण पुष्टी हुनेमा बाग्लुङका ११५ जना, गोरखाका १०४, लमजुङका ८९ जना, नवलपुरका ८५ जना, कास्कीका ७४ जना, पर्वतका ३४, तनहुँका १७, म्याग्दी जिल्लाका १५ र स्याङ्गजाका ७ जना छन् । योसँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४१ हजार ६८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ८५९ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा कोरोनामुक्त हुनेको संख्या अहिलेसम्म ३० हजार २३२ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ७ : ०१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको