हवाई दुर्घटनामा ‘टार्जन’ अभिनेता जोयको निधन « Khabarhub

हवाई दुर्घटनामा ‘टार्जन’ अभिनेता जोयको निधन


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स–हलिउड फिल्म सिरिज ‘टार्जनः द इपिक एडेभञ्चर्स’ का अभिनेता जोय लाराको हवाई दुर्घटनामा परी निधन भएको छ । ५८ वर्षे यी अभिनेता चढेको प्लेन अमेरिकाको नासभिली सहर नजिकैको तालमा दुर्घटना भएको थियो ।

एनडीटीभीका अनुसार दुर्घटनामा उनकी श्रीमति ग्वेन लारा र अन्य पाँच यात्रुको पनि निधन भएको छ ।

फ्लोरिडाको पाम बिचका लागि स्माइर्ना एयरपोर्टबाट उडेको १९८२ सेसन सी५०१ नम्बरको सानो जेट प्लेन उड्नासाथ दुर्घटनामा परेको हो ।

गोताखोरले तालबाट प्लेनका विभिन्न टुक्रा तथा मानिसका अंग फेला पारेका छन् । के कारणले दुर्घटना भएको हो भन्ने यकिन हुन लागेको छैन । यद्यपि अनुसन्धानमा संलग्न अधिकारीहरुले यो अनुसन्धान पुरा हुन कमसेकम दुई वर्ष लाग्ने जनाएका छन् ।

मृतक अन्य पाँचको पनि पहिचान भएको छ । लाराकी श्रीमति रेमनन्ट फेलोसिप चर्चकी संस्थापक हुन् । अन्य पाँच यात्रुहरु ब्रेन्टवुड, टेन्नेसी र लाराको चर्चाका सदस्यहरु हुन् ।

सन् १९६२ अक्टोबर २ मा सान डियागोमा जन्मिएका लाराले फिल्ममा आउनु अघि मोडलिङबाट करियर सुरु गरेका थिए । सन् १९८९ मा उनले सीबीएस टेलिफिल्म ‘टार्जन इन मेनहटन’मा प्रमुख भूमिका निर्वाह गरेका थिए ।

यो फिल्ममा जंगलका राजा मानिएका टार्जनले चिता नामको चिम्पाञ्जीलाई उद्दार गर्न न्यूयोर्क आएको कथालाई देखाइएको छ ।

सन् १९९६ देखि १९९७ सम्मको समयावधिमा लाराले ‘टार्जनः द इपिक एडभेञ्चर्स’का २२ श्रृंखलामा अभिनय गरे । दक्षिण अफ्रिकामा खिचिएको यसको केही श्रृंखला उनी आफैंले निर्माण गरेका थिए ।

उनले अभिनय गरेका फिल्महरु ‘अमेरिकन साइबर्गः स्टिल वारियार’, ‘स्टिल प्रण्टायर’, ‘वारहेड’ र ‘डुम्सडेयर’ले उनको करियरलाई उचाइमा पुर्‍याएकाे थियो । उनले ‘बेवाच’ र ‘कोनान द एडभेञ्चर’ जस्ता टेलिभिजन शोमा पनि काम गरेका थिए । उनले अभिनय गरेको अन्तिम फिल्म सन् २०१८ मा रिलिज ‘समर अफ ६७’ थियो ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १० : २३ बजे

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत