बलिउडमा अमिताभको ५२ वर्ष पुरा « Khabarhub

बलिउडमा अमिताभको ५२ वर्ष पुरा


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका ‘शहंशाह’ अमिताभ बच्चनले सोमबार सोमबारबाट बलिउडमा ५२ वर्ष पुरा गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो फिल्मी यात्राको तस्वीर शेयर गरेका छन् ।

एबीपी लाइभका अनुसार उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमिताभले आफ्नो फिल्मी करियरको सुरुवात फिल्म ‘सात हिन्दुस्तानी’बाट गरेका हुन् ।

उनले राखेको तस्वीरमा हालसम्म अभिनय गरेको प्रमुख फिल्मको चरित्रलाई राखिएको छ । तस्वीरमा ‘सात हिन्दुस्तानी’ देखि लिएर रिलिज हुन लागेको उनको फिल्मसम्म राखिएका छन् ।

‘५२ वर्ष । राम्रो । यो संकलनका लागि धन्यवाद’, उनले लेखेका छन्, ‘अहिले पनि सोचिरहेको छु यो कसरी भयो ।’ उनको पोस्टमा लाइक र कमेन्टको क्रम बढ्दो छ ।

अमिताभ १५ फिल्म फेयर अवार्ड, ४ आइफा अवार्ड र पद्म श्री विभूषणबाट विभूषित तथा पुरस्कृत भइसकेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १२ : ४५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी