नेपालगञ्जका मेयर राणाद्वारा मतदान बहिष्कार « Khabarhub

नेपालगञ्जका मेयर राणाद्वारा मतदान बहिष्कार


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवल शमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव आफ्नो प्राथमिकतामा नपरेको भन्दै मतदान नगर्ने जनाएका हुन् ।

कोरोना महामारीसँग जुध्ने अहिलेको प्राथमिकता भएको भन्दै उनले मतदानमा भाग नलिने निर्णय लिएको बताए ।

उनले लेखेका छन्, ‘लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’

राणा राप्रपाबाट नेपालगञ्जको मेयर चुनिएका हुन् । वाग्मती प्रदेशमा भएको उपनिर्वाचनमा राप्रपाले एमाले ओली समूहका उम्मेदवार रामबहादुर थापा (बादल)लाई समर्थन गरेको थियो ।

लुम्बिनी प्रदेशको उपनिर्वाचनमा राप्रपाले ह्वीप जारी गरेको छैन । नेपालगञ्जका मेयर राणाले पार्टीबाट कुनै निर्देशन र निर्णय नआएको बताए ।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको एक पदका लागि लुम्बिनी प्रदेशमा आज उपचुनाव भइरहको हो ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १ : ४२ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही