प्रदेश प्रमुखसमक्ष बजेट अधिवेशन आह्वान गर्न सिफारिस « Khabarhub

प्रदेश प्रमुखसमक्ष बजेट अधिवेशन आह्वान गर्न सिफारिस


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश–२ सरकारले प्रदेश प्रमुख राजेश अहिराज झासमक्ष बजेट अधिवेशन शुरू गर्न सिफारिस गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जेठ २४ गते बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

गत चैत ३० गते बाध्यात्मक बैठक बसी पाँचौं अधिवेशन शुरु भएको थियो । चैत ३० र वैशाख १० गते गरी पाँचौं अधिवेशनको दुईवटा बैठकमात्रै बसेको थियो । तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएपनि प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । स्थगित बैठक हालसम्म पनि बस्न सकेको छैन ।

चालु अधिवेशनलाई अन्त्य गरी बजेट अधिवेशन आह्वान गर्ने सरकारको तयारी छ । चालु पाँचौ अधिवेशन अन्त्य गर्ने तथा आगामी २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख अहिराजसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  २ : ४५ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई