प्रदेश प्रमुखसमक्ष बजेट अधिवेशन आह्वान गर्न सिफारिस « Khabarhub

प्रदेश प्रमुखसमक्ष बजेट अधिवेशन आह्वान गर्न सिफारिस


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश–२ सरकारले प्रदेश प्रमुख राजेश अहिराज झासमक्ष बजेट अधिवेशन शुरू गर्न सिफारिस गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जेठ २४ गते बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

गत चैत ३० गते बाध्यात्मक बैठक बसी पाँचौं अधिवेशन शुरु भएको थियो । चैत ३० र वैशाख १० गते गरी पाँचौं अधिवेशनको दुईवटा बैठकमात्रै बसेको थियो । तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएपनि प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । स्थगित बैठक हालसम्म पनि बस्न सकेको छैन ।

चालु अधिवेशनलाई अन्त्य गरी बजेट अधिवेशन आह्वान गर्ने सरकारको तयारी छ । चालु पाँचौ अधिवेशन अन्त्य गर्ने तथा आगामी २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख अहिराजसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  २ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना