एकपछि अर्को फिल्म गुमाउदै कार्तिक आर्यन | Khabarhub Khabarhub

एकपछि अर्को फिल्म गुमाउदै कार्तिक आर्यन


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडका अहिलेका हटकेक अभिनेता कार्तिक आर्यन पछिल्लो समय निकै चर्चामा छन् । चर्चामा यसकारण छन् कि उनको हातबाट एकपछि अर्को फिल्म खोसिँदै गइरहेका छन् ।

नवभारत टाइम्सका अनुसार केही समय अघि करण जोहारको फिल्म ‘दोस्ताना २’बाट अलग्गिएका थिए । त्यसपछि उनी शाहरुख खानको प्रोडक्सनको फिल्म ‘फ्रेडी’बाट निकालिए । अहिले आएर पुनः अर्को एउटा ठूलो बजेटको फिल्मबाट कार्तिक निकालिएका छन् ।

कार्तिकलाई निर्देशक आनन्द एल रायको एक अनटाइटल्ड ग्याङस्टार फिल्मका लागि प्रस्ताव गरिएको थियो । ‘कार्तिकको आनन्दसँग कुराकानी भइरहेको थियो । उनले फिल्मको कथा पनि पढे र त्यसको नेरेसन सुने । तर फिल्म साइन गर्नु अघि नै कुरा बिग्रियो । फिल्मको निर्देशन आनन्दका असिस्टेन्टले गर्ने तयारीमा थिए’ आनन्द निकट स्रोतले भनेको छ ।

कार्तिक र आनन्द एकसाथ फिल्ममा काम गर्ने खबर यो वर्षको फेब्रुअरीबाटै आइरहेको थियो । यो समयमा कार्तिकलाई आनन्दको मुम्बईस्थित कार्यालय बाहिर देखिएपछि उनी आनन्दसँग सहकार्य गर्न लागेको खबर बाहिर आएको थियो ।

यद्यपि कार्तिक आनन्दको फिल्मबाट के कारणले बाहिरिए भन्ने कारण खुल्न सकेको छैन । तर फिल्म पण्डितहरुले करणको फिल्मबाट कार्तिक बाहिरिनु नै उनका लागि अभिषाप बनेको दाबी गरेका छन् । त्यहीकारण पनि कार्तिक एकपछि अर्को ठूलो व्यानरमा अँटाउन सकिरहेका छैनन् ।

कार्तिक निकालिएपछि अब उनको स्थानमा आनन्दले आयुष्मान खुरानालाई अनुबन्धित गर्ने सोच बनाइसकेका छन् । आनन्दका साथ आयुष्मानले यसअघि ‘शुभ मंगल सावधान’ र ‘शुभ मंगल ज्यादा सावधान’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ३ : ०० बजे

सडकको हिउँ पन्छाएर पदयात्रीलाई सहजीकरण गर्दै सशस्त्र प्रहरी

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा गएरातिदेखिको

संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहारसहित दुई जना पक्राउ

काठमाडौं– गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारबाट करिब ५ सय ६८ ग्राम तौल बराबरको

करीव १,४०० अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल– कुल एक हजार ३८२ अफगान शरणार्थी परिवारका सात हजार

सिजनमै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै

कञ्चनपुर– भीमदत्त नगरपालिका–१४ स्थित नयाँगाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी

जुम्ला– सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा रुग्ण अवस्थाका