चिनियाँ अनुदानको खोप ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति बेइजिङ जाँदै « Khabarhub

चिनियाँ अनुदानको खोप ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति बेइजिङ जाँदै


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले अनुदानमा दिन लागेको कोरोना विरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको विमान आज बेइजिङ जाने भएको छ ।

चिनियाँ खोप ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति साढे ११ बजे जाने जनाइएको छ । विमान खोप लिएर भोलि दिउँसो साढे २ बजे नेपाल आइपुग्ने कार्यतालिका रहेको एयरलाइन्सले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खोप सहयोगका लागि आग्रह गरेपछि चिनियाँ राष्ट्रपतिले १० लाख डोज खोप उपलब्ध गराउने जनाएका थिए । जसमध्य भोलि ८ लाख डोज खोप ल्याइने जनाइएको छ ।

नेपाल वायु सेवा निगमका अप्रेशन विभाग प्रमुख दिपु जहार्चनले आठ लाख डोज खोप ल्याउन जहाज बेइजिङ जान लागेको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत बुधवार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरेर नेपाललाई खोप दिएर सहयोग गर्न अनुरोध गरेकी थिइन ।

यसअघि चीनले आठ लाख डोज खोप अनुदानमा दिएको थियो । सरकारले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चिनिया खोप भेरोसेल खरिदका लागि पनि कुटनीतिक पहल गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  २ : ३१ बजे

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

काठमाडौं–  ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने

युक्रेनका लागि ४० करोड डलरको अमेरिकी सैन्य सहायता रोकियो

वाशिङ्टन- युक्रेनका लागि पठाउन लागिको करिब ४० करोड डलरकोअमेरिकी सहायता

अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा

एजेन्सी– अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र

आसियान सम्मेलनमा रुबियो-लाभरोभ भेटवार्ता, युक्रेन र इरान युद्धबारे छलफल

काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच

गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनु आवश्यक : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी  (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुक