जसपाको ठाकुर पक्ष सरकारमा जाने निश्चित, ८ मन्त्री र २ राज्यमन्त्रीमा दाबी « Khabarhub

जसपाको ठाकुर पक्ष सरकारमा जाने निश्चित, ८ मन्त्री र २ राज्यमन्त्रीमा दाबी


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने निश्चित भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष ठाकुर र दलका नेता राजेन्द्र महतोबीचको छलफलमा जसपा सरकारमा सहभागी हुने सहमित बनेको हो ।

राजनीतिक तरलताका कारण ओली नेतृत्वको सरकार नै धरापमा परेको बेलामा अध्यक्ष ठाकुर पार्टी नै विभाजन गरेर सरकारमा जान तयार भएका हुन् ।

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा आफ्नो मागका साथै सरकारमा जाने बिषयमा पनि छलफल भएको जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । ‘प्रधानमन्त्रीसँग अहिलेसम्म हाम्रो माग कति सम्बोधन भए, कहिलेसम्म बाँकी सम्बोधन हुन्छन् भन्ने बिषयमा आज छलफल भएको छ’ उनले भने ।

सरकारमा प्रधानमन्त्री ओलीले पहिलेदेखि समावेश हुनका लागि आग्रह गरेको भएपनि अब जाने पक्का भएको उनको भनाइ छ । उनले ‍भने, ‘अहिले ८ मन्त्री र २ राज्यमन्त्री लिएर जाने बिषयमा सहमति भएको छ । अध्यक्षज्यूले सार्वजनिक रुपमा टेलिभिजनको अन्तरवार्तामा समेत बताइसक्नुभएको छ ।’

सरकारमा पार्टीको तर्फबाट को को जाने भन्नेबारेमा टुंगो नलागेको उनी बताउँछन् । ‘सरकारमा जाने भएपछि बैठक बसेर कोको जाने भन्ने टुंगो लगाउँछौँ’ । उनले भने, ‘पार्टीमा छलफल गर्दा दुई चार दिन लाग्नसक्छ ।’

अध्यक्ष ठाकुर समूहले संसदीय दलको नेता चयन गरेका महतोको नेतृत्वमा जसपा सरकारमा जान लागेको हो । स्रोतका अनुसार नेता महतोसहित शरतसिंह भण्डारी, अनिल झालगायतको मन्त्री बन्ने चर्चा छ । अर्का अध्यक्ष उपेन्द्र यादव समूह छाडेर आएका सबै सांसदलाई मन्त्री बनाउनुपर्ने बिषयमा पनि छलफल भइरहेको बुझिएको छ ।

संसदीय दलमा बहुमत रहेको अध्यक्ष ठाकुर समूह कार्यकारिणी समितिमा अल्पमतमा छ । ठाकुर पक्षको सरकार प्रवेश नै पार्टी विभाजनको बिन्दु हुने आंकलन गर्न थालिएको छ ।

अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको बहुमतको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी भए स्वतः पार्टी सदस्यतासमेत नरहने गरी निलम्बन हुने निर्णय यसअघि नै गरिसकेको छ ।

ओली नेतृत्वको सरकार बहिर्गमनको प्रयासरत अध्यक्ष यादव कुनै पनि हालतमा सरकारमा जान नहुने पक्षमा उभिँदै आएका छन् । प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेदेखि नै जसपामा ध्रुवीकरण शुरू भएको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ४ : १७ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा