तेल उत्पादक संघले भन्यो : खाने तेलमा कृत्रिम मूल्यवृद्धि गरिएको छैन « Khabarhub

तेल उत्पादक संघले भन्यो : खाने तेलमा कृत्रिम मूल्यवृद्धि गरिएको छैन


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाने तेलमा भएकाे मुल्यवृद्धि सम्बन्धमा विभिन्न संचार माध्यमहरुमा आएको समाचारहरुप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रशोधित खाने तेलमा भएको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत पटक पटक चासो दिएपछि संघले साेमबार विज्ञप्ति जारी गर्दैै आफ्नो ध्यानाकर्षण भएको जनाएकाे हाे ।

संघले विज्ञप्ति जारी गर्दै खाने तेलमा कृत्रिम मूल्यवृद्धि नगरिएको दाबी गरेको हो।

संघले तेलका लागि चाहिने कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात गर्नुपर्ने भएपनि कोरोनाभाइरसको महामारीका कारण र विश्व राजनीतिमा आएका उतारचढावका कारण तेलको मूल्यमा बृद्धि हुन गएको स्पष्ट पारेको छ । संघले अन्तर्राष्ट्रिय बजारले नै नेपालको मूल्य निर्धारण गर्ने भएकाले मूल्यमा बृद्धि हुन गएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘खाने तेल उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गर्दछ ।’

करीव १६ महिनादेखि नै विश्वमा फैलिएको कोरोना भाइरसको महामारी तथा राजनीतिक उतारचढावका कारण तेलको मूल्यमा समेत अस्वभाविक रुपमा वृद्धि हुन गएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ३ : २० बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी