२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १५ हजार ५५ जनाको पीसीआर परीक्षणमा ४ हजार १७८ र २ हजार ४२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५८४ जना गरी कुल ४ हजार ७६२ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ६ हजार ४९१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

आज कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ६, उदयपुरमा ८, ओखलढुंगामा १३, खोटाङमा २७, झापामा १८५,  तेह्रथुम २६, धनकुटामा १७, पाँचथर १, भोजपुरमा ४, मोरङमा २५२, संखुवासभामा ५, सोलुखुम्बु १ र सुनसरी १६४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ११७, पर्सामा १८,  बारामा २९, महोत्तरीमा ३४, रौतहटमा १७, सप्तरीमा ४७, सर्लाहीमा ४० र सिरहामा ११ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ८९० जनामा कोरोना भेटिएको छ। काभ्रेमा ११३, चितवनमा १२६, दोलखामा १९, धादिङमा २२०, नुवाकोटमा ६२, भक्तपुरमा १२१, मकवानपुरमा १४१, रसुवा १२, रामेछापमा १३, ललितपुरमा २५२, सिन्धुपाल्चोकमा ९४ र सिन्धुली १६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १२९, गोरखामा ५३, तनहुँमा ३२, नवलपरासी पूर्वमा २७, पर्वत २०, म्याग्दी १०,  लमजुङमा १९, बागलुङमा २ र स्याङजामा ९ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा ६, गुल्मीमा ५, दाङमा ७५, नवलपरासीमा ११, पाल्पामा ४१, प्यूठानमा ३, बर्दियाका ६, बाँकेमा १२, रुपन्देहीमा १२० र रोल्पामा ७ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ५, जुम्ला १३, रुकुम पश्चिममा ४, सल्यानमा ४५ र सुर्खेतमा २५ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ५२, कञ्चनपुरमा ५४, कैलालीमा १९५, डडेल्धुरामा ११, दार्चुला ७४, बाजुरा १ र बैतडीमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ७ : १८ बजे

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन