विवाह लगत्तै अलग्गिएका यी जोडी « Khabarhub

विवाह लगत्तै अलग्गिएका यी जोडी


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउडमा खुला संस्कृति छ भन्ने कुरा सबैमा जगजाहेर नै छ । यो संस्कृतिको जति फाइदा छ, त्यो भन्दा बढी नोक्सान छ । हलिउडमा यस्ता केही सेलिब्रेटी छन्, जसको विवाह लामो समयसम्म टिक्न सकेन । जसको कारक त्यहाँको खुला संस्कृतिलाई नै मानिन्छ ।

बलिउड लाइफका अनुसार यस्ता जोडीहरुमध्ये कतिपयले एकअर्कालाई धम्की दिए भने कतिपयले १ सय २२ दिनमै सम्बन्धविच्छेद गरे ।

क्रिस हम्फ्रीज र किम कार्दासियनले इन्गेजमेन्ट गर्नुअघि दुवैले सात महिना डेट गरे । सन् २०११ अगस्टमा दुवैले विवाह गरे पनि त्यसै वर्षको अक्टोबरमा किमले सम्बन्धविच्छेदको निवेदन दिइन् । त्यसको दुई वर्ष अर्थात् सन् २०१३ मा दुवैको सम्बन्धविच्छेद भयो ।

ब्रेडली कूपर र जेनिफर एसपोसिटोले सन् २००६ डिसेम्बरमा विवाह गरेका थिए । विवाहको झण्डै १ सय २२ दिनमा उनीहरु अलग्गिए । ब्रेडलीले आफूहरुको आपसी निर्णयमा अलग्गिएको बताएका थिए ।

‘बेवाच’ अभिनेत्री पामेला एण्डरसनले अक्टोबर २००७ मा लसभेगासमा रिक सालोमनसँग विवाह गरिन् । एण्डरसनले सन् २००८ डिसेम्बर १४ मा सम्बन्धविच्छेदको निवेदन दिइन् । यही बेला रिकले पामेलालाई कैयौं आरोप लगाएका थिए ।

अभिनेत्री जेनिफर लोपेज र ओजानी नोआले सन् १९९७ फेब्रुअरी २२ मा विवाह गरेका थिए । यद्यपि उनीहरुले विवाहको केही समयमै सम्बन्धविच्छेद गरे ।

पामेला एण्डरसन र किड रकले सन् २००६ मा विवाह गरे । तर यो विवाह केवल १ सय २२ दिनसम्म मात्र टिक्यो । यसपछि पामेला र किडले एकापसमा सम्बन्धविच्छेदका लागि निवेदन दिए ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ८ : ४० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी