बजेट कटौती भएपछि मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण « Khabarhub

बजेट कटौती भएपछि मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको बजेट कटौती भएपछि स्थानीय जनप्रतिनिधिले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सरकारले बजेट कटौती गरिदिएपछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताएकी छन् ।

अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानीलगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ ।

दुई वर्षदेखि निरन्तर बजेट विनियोजन भएका ती योजना कटौती भएपछि गाउँपालिकाले प्रदेश सरकारसमक्ष बजेट व्यवस्थापन गरिदिन अनुरोध गरेको हो ।

सडक, शिक्षा र खानेपानीजस्ता जनतालाई प्रत्यक्ष प्रभाव पार्ने योजना कटौती गरेर प्रदेश सरकारले विकटको धौलागिरि गाउँपालिकालाई उपेक्षा गरेको उनको आरोप छ ।

प्रदेश सरकारको सहयोगमा दुई गाउँपालिका जोड्ने महत्वको सडक दरबाङ–बिम–मराङ–मल्कबाङ, कुइने हुँदै पाखापानी जोड्ने कृषि सडक (अघिल्लो वर्ष एक करोड २५ लाख विनियोजन), मुना लुलाङ, गुर्जा सडक (अघिल्लो वर्ष एक करोड २५ लाख विनियोजन) र हेम मावि सिवाङलाई सामाजिक विकास मन्त्रालयबाट नमूना आवासीय विद्यालय सञ्चालनका लागि गत वर्ष रु दुई करोड  विनियोजन भएको थियो ।

यसैगरी वडा नम्बर ४ मुदीको बृहत् खानेपानी योजना पनि कटौती गरिएको छ । मुदीवासीका प्रत्येक घरमा खानेपानी उपलब्ध गराउन करिब रु एक करोड २५ लाख बराबरको बजेट अनुमान गरी कार्यक्रम सञ्चालन हुँदै आएको थियो । प्रदेश सरकारले यसपालिको बजेट वक्तव्यमा उक्त योजना समावेश नगरेपछि योजना अलपत्र पर्ने उनले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : २७ बजे

भूमिहीन सुकुम्बासीको हकका लागि सर्वोच्चमा रिट दायर, भोलि सुनुवाइ

काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले देशभरका सुकुम्बासीहरूको न्याय र आवास

निर्माण क्षेत्रको संकटप्रति सरकार गम्भीर : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निर्माण व्यवसायी महासङ्घ कोशी

सुकुम्बासी बस्तीमा किताब खोजिरहेकी ईश्वरी भन्छिन्- मलाई बालेन सरकार मन परेन

काठमाडौं- थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएकी १५ वर्षकी ईश्वरी राई

बालेनलाई रविको सन्देश : जनताको विश्वास जित्न सके सरकार सञ्चालन सहज र प्रभावकारी हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको विश्वास जित्न