पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. दाँतको औषधि

पन्ध्रौँ र सोह्रौँ शताब्दीतिर हल्याण्ड स्पेनमा दाँतको औषधिका रुपमा पिसाबलाई बढी मात्रामा प्रयोग गर्ने गरिन्थ्यो ।

२. ४७ जना

रसियाको क्रेमलिनमा ४७ जना जार (सम्राट) हरुका लास राखिएको या गाडिएको छ ।

३. सङ्गीत साधन

वैज्ञानिकहरुले भेटेका सबैभन्दा पुरानो सङ्गीतको साधन भनेको बाँसुरी हो । यो बाँसुरी चराको पखेटाको हाडबाट बनिएको थियो । यस्तो बाँसुरी चीनको प्राचीन चिहानमा भेटिएको थियो । यसलाई ९ हजार वर्ष पूरानो मानिन्छ । अचम्मको कुरा त के छ भने त्यस बाँसुरीलाई अहिले पनि मजाले बजाउन सकिन्छ ।

४. चराको प्रजाति

संसारभर जम्मा करिब ८,७०० प्रजातिका चरा छन् । यीमध्ये ३०० प्रजातिका चरा समुद्री चरा हुन् ।

५. चराको टाउको

चराहरुको टाउकोको आकार हेर्दा आँखाले ५०% भाग ओगटेको हुन्छ । मानिसहरुको टाउकाको आकार हेर्दा आँखाले ५% भाग मात्र ओगटेको हुन्छ । यदि चराको टाउको मानिसको जत्रो हुने हो भने उनीहरुका आँखा बेसबलको बल जत्रो हुने थियो ।

साभार : ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : ४२ बजे

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा