स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई रोटरी क्लब अफ काष्ठमण्डपले गर्‍यो सम्मान « Khabarhub

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई रोटरी क्लब अफ काष्ठमण्डपले गर्‍यो सम्मान


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  रोटरी क्लब अफ काष्ठमण्डपले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सम्मान गरेको छ ।

क्लबका पूर्वअध्यक्ष रहेका श्रेष्ठले शिक्षा, स्वास्थ्य, जलविद्युत उत्पादन, बैंकिङ, कृषिलगायतका क्षेत्रमा ठूलो सफलता हासिल गरेको भन्दै क्लबका अध्यक्ष पूर्वरथी नेपालभुषण चन्दले सम्मान गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले खोप खरिद र व्यवस्थापन उच्च प्राथमिकतामा रहेको भन्दै चाँडै नतिजा दिने गरि काम थालेको बताए ।

‘मेरो प्राथमिकता खोपको खरिद पर व्यवस्थापनमा छ । अब चाँडै डेढकरोड खोप खरिद गरेर ल्याउँदैछौँ । आठ लाख खोप तुरुन्तै आउँछ । एक सातापछि फेरि १६ लाख डोज खोप आउँछ,’ श्रेष्ठले भने ।

सरकारसँग अहिले ७ लाख खोप मौज्जाद बाँकी रहेको र त्यही खोप अहिले धमाधम लगाउने व्यवस्था मिलाएको उनले बताए ।

श्रेष्ठले  निजि क्षेत्र, सेवा प्रदायक संस्था तथा स्वयमसेवी संस्था, विद्यार्थी, शिक्षकलाई परिचालन गरेर खोपको ब्यवस्थापन गर्ने बचन दिए ।

उनले भने, ‘खोप लगाउन भन्दा पनि खोप लगाउने मानिसहरुको दर्ता गर्ने काम ढिलो हुने रहेछ । अब दर्ता प्रक्रियालाई कसरी सजिलो बनाउने भनेर हामी लागिपरेका छौँ । ठूलो चौर भएको बिद्यालयमा खोप लगाउने व्यवस्था गर्छौँ ।’

उनले १२ बर्ष भन्दा माथिका सबै नेपालीलाई ५ करोड ५० लाख डोज खोप किन्ने सरकारको योजना रहेको पनि बताए । अहिलेसम्म नेपालमा चीन, भारत र अमेरिकाबाट जम्मा ९७ लाख खोप आइसकेको छ । अब चीन, जापान र भारतबाट थप खोप आउँदैछ ।

राज्यमन्त्री श्रेष्ठले खोप लगाउने प्राथमिकतामा अब खुद्रा व्यापारी, पर्यटन क्षेत्रका मानिसहरु, शिक्षक, विद्यालयका स्टाफ, सार्वजनिक गाडीका चालक, सहचालकलगायत हुने पनि बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : २५ बजे

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.