स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई रोटरी क्लब अफ काष्ठमण्डपले गर्‍यो सम्मान « Khabarhub

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई रोटरी क्लब अफ काष्ठमण्डपले गर्‍यो सम्मान


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  रोटरी क्लब अफ काष्ठमण्डपले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सम्मान गरेको छ ।

क्लबका पूर्वअध्यक्ष रहेका श्रेष्ठले शिक्षा, स्वास्थ्य, जलविद्युत उत्पादन, बैंकिङ, कृषिलगायतका क्षेत्रमा ठूलो सफलता हासिल गरेको भन्दै क्लबका अध्यक्ष पूर्वरथी नेपालभुषण चन्दले सम्मान गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले खोप खरिद र व्यवस्थापन उच्च प्राथमिकतामा रहेको भन्दै चाँडै नतिजा दिने गरि काम थालेको बताए ।

‘मेरो प्राथमिकता खोपको खरिद पर व्यवस्थापनमा छ । अब चाँडै डेढकरोड खोप खरिद गरेर ल्याउँदैछौँ । आठ लाख खोप तुरुन्तै आउँछ । एक सातापछि फेरि १६ लाख डोज खोप आउँछ,’ श्रेष्ठले भने ।

सरकारसँग अहिले ७ लाख खोप मौज्जाद बाँकी रहेको र त्यही खोप अहिले धमाधम लगाउने व्यवस्था मिलाएको उनले बताए ।

श्रेष्ठले  निजि क्षेत्र, सेवा प्रदायक संस्था तथा स्वयमसेवी संस्था, विद्यार्थी, शिक्षकलाई परिचालन गरेर खोपको ब्यवस्थापन गर्ने बचन दिए ।

उनले भने, ‘खोप लगाउन भन्दा पनि खोप लगाउने मानिसहरुको दर्ता गर्ने काम ढिलो हुने रहेछ । अब दर्ता प्रक्रियालाई कसरी सजिलो बनाउने भनेर हामी लागिपरेका छौँ । ठूलो चौर भएको बिद्यालयमा खोप लगाउने व्यवस्था गर्छौँ ।’

उनले १२ बर्ष भन्दा माथिका सबै नेपालीलाई ५ करोड ५० लाख डोज खोप किन्ने सरकारको योजना रहेको पनि बताए । अहिलेसम्म नेपालमा चीन, भारत र अमेरिकाबाट जम्मा ९७ लाख खोप आइसकेको छ । अब चीन, जापान र भारतबाट थप खोप आउँदैछ ।

राज्यमन्त्री श्रेष्ठले खोप लगाउने प्राथमिकतामा अब खुद्रा व्यापारी, पर्यटन क्षेत्रका मानिसहरु, शिक्षक, विद्यालयका स्टाफ, सार्वजनिक गाडीका चालक, सहचालकलगायत हुने पनि बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : २५ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा