एमालेमा अब कुनै पक्ष रहेन : सुवास नेम्वाङ | Khabarhub Khabarhub

एमालेमा अब कुनै पक्ष रहेन : सुवास नेम्वाङ


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता सुवास नेम्वाङले अव एमालेमा कुनै पक्ष नरहेको घोषणा गरेका छन् ।

एमालेको विघटित एकता कार्यदलका नेताबीचको आजको छलफलपछि नेम्वाङले अब एमालेमा कुनै पक्ष र समूह नरहेको बताएका हुन् ।

‘हामीले निकै गम्भीर ढंगबाट छलफल गरेका छौं, अब एमालेमा कुनै पक्ष रहेन,’ बिघटित कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट नेतृत्वकर्ता संसदीय दलका उपनेता नेम्वाङले बैठकपछि बाहिरिने क्रममा भने ।

यद्यपी आजको कार्यदलका सदस्यहरुको बैठक कुनै ठोस निश्कर्षबिना नै सकिएको छ । झण्डै साढे दुई घण्टाको छलफलपछि निस्केका कार्यदल सदस्यहरुले ठोस निष्कर्ष दिएका छैनन् ।

एमाले सचिव गोकर्ण विष्टले पनि आफूहरु कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने लक्ष्य राखेर छलफलमा जुटेको जानकारी दिए । उनले भने, ‘पार्टीलाई कसरी एकतावद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्‍यौँ ।’

उनले छलफलमा ‘१० बुँदे सहमति र दुईटा अध्यक्षको प्रसँगलाई मुख्य आधार बनाएर छलफल गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ३ : १० बजे

यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा

काठमाडौं – गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको