एमालेमा अब कुनै पक्ष रहेन : सुवास नेम्वाङ « Khabarhub

एमालेमा अब कुनै पक्ष रहेन : सुवास नेम्वाङ


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता सुवास नेम्वाङले अव एमालेमा कुनै पक्ष नरहेको घोषणा गरेका छन् ।

एमालेको विघटित एकता कार्यदलका नेताबीचको आजको छलफलपछि नेम्वाङले अब एमालेमा कुनै पक्ष र समूह नरहेको बताएका हुन् ।

‘हामीले निकै गम्भीर ढंगबाट छलफल गरेका छौं, अब एमालेमा कुनै पक्ष रहेन,’ बिघटित कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट नेतृत्वकर्ता संसदीय दलका उपनेता नेम्वाङले बैठकपछि बाहिरिने क्रममा भने ।

यद्यपी आजको कार्यदलका सदस्यहरुको बैठक कुनै ठोस निश्कर्षबिना नै सकिएको छ । झण्डै साढे दुई घण्टाको छलफलपछि निस्केका कार्यदल सदस्यहरुले ठोस निष्कर्ष दिएका छैनन् ।

एमाले सचिव गोकर्ण विष्टले पनि आफूहरु कुनै पनि हिसाबले पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने लक्ष्य राखेर छलफलमा जुटेको जानकारी दिए । उनले भने, ‘पार्टीलाई कसरी एकतावद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा हामीले छलफल गर्‍यौँ ।’

उनले छलफलमा ‘१० बुँदे सहमति र दुईटा अध्यक्षको प्रसँगलाई मुख्य आधार बनाएर छलफल गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ३ : १० बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको