माधव नेपाल देउवा–प्रचण्डकै सहयोगी बन्न चाहेको सूर्य थापाको टिप्पणी « Khabarhub

माधव नेपाल देउवा–प्रचण्डकै सहयोगी बन्न चाहेको सूर्य थापाको टिप्पणी


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका भइरहेको प्रयासलाई चुनौती दिएको भन्दै आलोचना गरेका छन् ।

एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे समझदारी र केपी शर्मा ओलीलाई अध्यक्ष नमान्ने नेपालको अडानप्रति आलोचना गर्दै थापाले अब उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहयोगी बन्न छाडिदिनु पर्ने बताएका छन्।

थापाले ट्वीटरमा लेख्दै वरिष्ठ नेता नेपालले पार्टीमा क्षमायाचना गरेर सुध्रिएर भविष्यमा पार्टी घात र गद्दारी गर्नै छैन भन्न छाडेर पार्टीविरुद्ध लागेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘प्रायश्चित गर्नु, क्षमायाचना गर्नु, सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन भन्नू त कहाँ हो कहाँ ? कार्यदलको प्रतिफल १० बुँदे समझदारी नै मान्य छैन, केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे ! अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा-प्रचण्डकै सहयोगी बन्न दिओैं, नरोकौँ !’

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ६ : २२ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– दीपक मनाङे नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो