माधव नेपाल देउवा–प्रचण्डकै सहयोगी बन्न चाहेको सूर्य थापाको टिप्पणी « Khabarhub

माधव नेपाल देउवा–प्रचण्डकै सहयोगी बन्न चाहेको सूर्य थापाको टिप्पणी


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका भइरहेको प्रयासलाई चुनौती दिएको भन्दै आलोचना गरेका छन् ।

एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे समझदारी र केपी शर्मा ओलीलाई अध्यक्ष नमान्ने नेपालको अडानप्रति आलोचना गर्दै थापाले अब उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहयोगी बन्न छाडिदिनु पर्ने बताएका छन्।

थापाले ट्वीटरमा लेख्दै वरिष्ठ नेता नेपालले पार्टीमा क्षमायाचना गरेर सुध्रिएर भविष्यमा पार्टी घात र गद्दारी गर्नै छैन भन्न छाडेर पार्टीविरुद्ध लागेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, ‘प्रायश्चित गर्नु, क्षमायाचना गर्नु, सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन भन्नू त कहाँ हो कहाँ ? कार्यदलको प्रतिफल १० बुँदे समझदारी नै मान्य छैन, केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे ! अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा-प्रचण्डकै सहयोगी बन्न दिओैं, नरोकौँ !’

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ६ : २२ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल